पर्यटन बजार५ पुष २०७७, आईतवार मा प्रकाशित
पुस ५ ,काठमाडौं । चीनको कैलाश मानसरोवर पर्यटक लैजाने नेपाली व्यवसायीको संस्था कैलाश यात्रा सञ्चालक सङ्घका अध्यक्षमा जीतेन्द्र बस्नेत निर्वाचित भएका छन् । सङ्घको शुक्रबार साँझ सम्पन्न १० औँ वार्षिक साधारणसभाद्वारा बस्नेत अध्यक्षमा निर्वाचित भएका हुन्।
साधारणसभामा अध्यक्ष, प्रथम उपाध्यक्षमा र द्धितीय उपाध्यक्षमा निर्वाचन भएको थियो भने अरु पद निर्विरोध भएका थिए । सङ्घका प्रथम उपाध्यक्षमा लीलाबल्लभ दाहाल ‘काका’, द्धितीय उपाध्यक्षमा कृष्णप्रसाद ढकालले अत्याधिक मतले विजय भएका थिए । महासचिवमा प्रचण्ड मानन्धर, सचिवमा गोपाल थापा र कोषाध्यक्षमा प्रदीप पण्डित निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यमा सूर्यप्रसाद पाठक, वसन्त बराल, राजन श्रेष्ठ, रामचन्द्र श्रेष्ठ र विवेकराज देवकोटा निर्वाचित भएका छन् । कैलाश यात्रा सञ्चालक सङ्घमा हाल देशभरका ४० भन्दा बढी कम्पनीहरु आबद्ध रहेका छन् ।
ट्रेकिंग एजेन्सिज् एसोशीएसन अफ नेपाल (टान) ले अध्यक्षम निर्वाचित बस्नेत लगायत सबै बिजेतालाई बधाई एवं शुभकामना व्यक्त गरेको छ ।आगामी दिनहरुमा टान र कैलाश यात्रा सञ्चालक सङ्घको बीचको सम्बन्ध आपसी सहयोग र समझदारीमा आधारीत रही अझ सुदृढ एवं प्रगाढ हुंदै जाने अपेक्षासमेत टान ले राखेको छ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit