कैलाश र मनाङ एयरले पायो कोरोनाका बिरामीको उद्धारको अनुमति

पर्यटन बजार२८ मंसिर २०७७, आईतवार मा प्रकाशित

कैलाश र मनाङ एयरले पायो कोरोनाका बिरामीको उद्धारको अनुमति

मंसिर २८,काठमाडौं । कैलाश र मनाङ एयरले कोरोना भाइरसका बिरामीको उद्धारको अनुमति पाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ संगठनको आवश्यक नीति निर्देशनको पालना गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट दुई हेलिकप्टर कम्पनीले पाएको हो ।

पछिल्लो समय देशैभरि कोरोना भाइरसको संक्रमितको संख्या बढिरहेको बेला ती दुई हेलिकप्टर कम्पनीले उद्धारको अनुमति दिएको
हो । कैलाश हेलिकप्टरले विश्व स्वास्थ संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको आवश्यक स्वास्थ सुरक्षा निर्देशनको पूर्ण पालना गर्दै आएको कम्पनीले जनाएको छ ।

कोरोना भाइरसका बिरामीलाई उपचारका लागि आवश्यक प्रतिष्ठित अस्पतालको स्वास्थ विज्ञहरुको टोली, कोभिड बिरामी बोक्न अन्तर्राष्ट्रिय मान्यता प्राप्त कम्पनीद्वारा निर्मित प्यासेन्ट आइसोलेसन युनिट तथा आवश्यक स्वास्थ सामग्रीसहित संक्रमित कोभिडका बिरामीहरुलाई नेपालभरिबाट आवश्यक सुरक्षा मापदण्डको पूर्ण पालना गर्दै उद्धार उडान सेवाका लागि तयार रहेको कम्पनीले बताएको छ ।

यस्तै मनाङ एयरले भने डा. महावीर पुनको आविष्कार केन्द्रले निर्माण गरेको प्यासेन्ट आइसोलेसन युनिट प्रयोग गरेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?