कोरोनाको कारण सुनसान बनेको बौद्धनाथमा चहलपहल बढ्यो (तस्बिरमा )

पर्यटन बजार३ आश्विन २०७७, शनिबार मा प्रकाशित

कोरोनाको कारण सुनसान बनेको बौद्धनाथमा चहलपहल बढ्यो (तस्बिरमा )

असोज ३ ,काठमाडौं । काठमाडौंको पूर्वी भागमा रहेको प्रसिद्ध बौद्ध स्तूपमा चहलपहल सुरु भएको छ । कोरोन भाइरसका कारण केहि महिना देखि सुनसान बनेको बौद्धनाथ अर्थात् (मङ्‍क टेम्पल) क्षेत्रमा यातायात संचालन मा आए संगै चहलपहल बढेको हो ।

कोरोना संक्रमण फैलन नदिन गत चैत ११ देखि सरकारले जारी गरेको ६ महिने लकडाउन खुले संगै बौद्ध क्षेत्र पुरानै अवस्थाम फर्किने प्रयास गरिरहेको छ ।६ महिनादेखि सुनसान हुँदा दैनिक जीवनयापन गर्नै समस्या परेको यस क्षेत्रमा व्यवसाय गर्दै आएका व्यवसायीहरु बताउँछन् । केहि दिन यता भने मानिसको चहल पहल बढेको भएता पनि व्यापार ब्यबसाय ले भने फड्को मार्न समय लाग्ने उनीहरुको भनाई छ । स्वयम्भूनाथ, पशुपतिनाथसँगै बौद्धनाथ पनि काठमाडौंको सबैभन्दा बढी पर्यटकहरूले भ्रमण गर्ने हेर्ने स्थल हो ।सन् १९७९ देखि युनेस्कोको विश्‍व सम्पदा क्षेत्रमा परेको बौद्धनाथमा आन्तरिक र बाह्‍य क्षेत्रबाट दैनिक हजारौं पर्यटक आउने प्रमुख थलोका रूपमा परिचित छ ।
हेरौं बौद्धनाथ क्षेत्रमा देखिएका थप दृश्य :

Facebook Comment

छुटाउनुभयो कि?