कोरोनाबाट थप १४ जनाले गुमाए ज्यान, मृतकको संख्या २७१ पुग्यो

पर्यटन बजार१९ भाद्र २०७७, शुक्रबार मा प्रकाशित

कोरोनाबाट थप १४ जनाले गुमाए ज्यान, मृतकको संख्या २७१ पुग्यो

भदौ १९,काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप १४ जनाले ज्यान गुमाएका छन् । मृतकमा महिला ४ र पुरुष १० जना रहेका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २७१ पुगेको जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४६४ र पुरुष ८९५ रहेका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको उनले बताए । यस्तै काडमाडौं काठमाडौं उपत्यकामा मात्रै ४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भने पछिल्लो २४ घण्टामा १,३५४ जना निको भएका छन् । हालसम्म कुल निको हुनेको संख्या २५,५६१ पुगेको छ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करण

Facebook Comment

छुटाउनुभयो कि?