पर्यटन बजार९ भाद्र २०७७, मंगलवार मा प्रकाशित
भदौ ९ ,काठमाडौँ। कोरोनाभाइरसको संक्रमणले पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए।
मृत्यु हुनेमा एक जना महिला र ६ जना पुरूष छन्। मृत्यु हुनेमा काठमाडौंकी एक महिला, सिराहाका एक पुरूष, पर्साका एक पुरूष, धनुषाका एक पुरूष, काठमाडौंका २ जना पुरूष र रूपन्देहीका एक जना पुरूष छन्।
पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit