कोरोना कहर : फेरि सुनसान देखिन थाले काठमाडौँका सडक

पर्यटन बजार१ भाद्र २०७७, सोमबार मा प्रकाशित

कोरोना कहर  : फेरि सुनसान देखिन थाले काठमाडौँका सडक

भदौ १, काठमाण्डौ। राजधानी काठमाडौँमा कोरोनाभाइरसको संक्रमण ह्वात्तै बढेको छ । हरेक दिन कम्तिमा सय जना नयाँ संक्रमित काठमाडौँ उपत्यकाका तीन जिल्लामा थपिरहेका छन् । संक्रमण फैलिदा जाँदा खुकुलो बनाइएको लकडाउनमाथि विभिन्न प्रतिबन्धहरु थप गरिएका छन् । पूर्णरुपमा लकडाउन नगरिए पनि संक्रमण देखिएको स्थानलाई शिल गर्नेदेखि यसअघि खुकुलो बनाइएका सेवाहरुमा समेत कडाइ शुरु गरिएको छ ।

प्रशासनले भीडभाडलाई कम गर्नका लागि प्रतिबन्धका नियमहरुलाई कडाइ साथ लागू गर्न थालेका छन् । यसको असर प्रष्टरुपमा काठमाडौँका सडकहरुमा देख्न सकिन्छ । मानिसहरु भने अनावश्यकरुपमा घर बाहिर निस्कन छाडेका छन् । त्यसैले केही दिनअघिसम्म भरिभराउ देखिने काठमाडौँको सडकहरु सुनसान देखिन थालेका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?