पर्यटन बजार२६ बैशाख २०७७, शुक्रबार मा प्रकाशित
बैशाख २६,काठमाडौं।पर्यटन व्यवसायी कुमार थापा ट्रेकिङ ब्यबसायमा लागेका दुई दशक नाघेको छ। उनले १९९६ तिर यो ब्यबसायमा प्रबेश गर्दा ईमेल तथा ईन्टरनेटको पहुच थिएन। उनी केहि सयय भारि बोकेर पोटर हुदै १९९८ मा गाईड ट्रेनिंग गरि सन २००० मा ट्रेकिडं कम्पनि स्थापना गरि अनबरत रुपमा पर्यटन क्षेत्रमा क्रियासिल छन । हाल आशाहि ग्रुप अफ कम्पनि को अध्यक्ष रहि आशाहि ट्रेक्स एण्ड एक्पिडिसन , हिमालयन ईन्टरनेशनल योगा एकेडेमि , ट्रष्ट एण्ड केयर मन्टेश्वरि , ब्युटिफुल काठमाण्डू होटल र होटल उडल्याण्ड काठमाण्डू संन्चालन गरिरहेका छन। प्रत्यक्ष रुपमा करिब २०० /२५० जनालाई रोजगारि श्रिजना गर्दै आफु पनि सधै पर्यटन संग सम्बन्धित हरेक बिधामा सरिक भइरहेका छन् व्यवसायी थापा । प्रस्तुत छ व्यवसायी थापा संग पर्यटन बजारले गरिएको कुराकानी :
पर्यटन वर्ष २०२० मा गरेको लगानी त घाटामा गएको छ ,के आगमी वर्ष देखि पर्यटन व्यवसायमा सुधार आउला?
सर्ब प्रथम संसार भरि कोरोनाले गर्दा सबै कुरा ठप्प भइरहँदा अब कहिले यो रोग बाट मुक्ति पाईन्छ अथवा नियन्त्रणमा आउछ भन्न सकिने अबस्था छैन ।कोरोना र लक डाउनले सबै व्यवसायी मारमा परेका छन् । यो रोगको भ्याक्सिन पत्ता नलागेसम्म ढुक्क संग पर्यटक बाहिर घुम्न निस्कन्छ भन्ने मलाई लाग्दैन सायद यसै बर्षको अन्तिम सम्म नियन्त्रण भए २०२१ बाट आंसिक रुपमा पर्यटकिय गतिबिधि संन्चालन होला भन्ने आसा राख्न सकिन्छ ।
कोरोनाले पर्यटन क्षेत्र तहस नहस भएको छ ? के अब नेपालमा पर्यटनको गुन्जायस कम भएको हो?
हो , निस्चय नै कोरोनाले बिश्वको पर्यटन र नेपालको पर्यटन ब्यबसाय लाई ध्वस्त पारेको छ । अहिले सबै पर्यटकिय गतिबिधि सुन्य भएको अबस्था छ । पर्यटन व्यवसायीहरु आफै अलमल मा परेका छन् , कहाँ बाट सुरु गर्ने भनेर । कोरोना पछिको समयमा हामीले आन्तरिक पर्यटनमा जोड दिन सक्छौं ।
तपाईंको विचारमा कोरोना सकिए लगत्तै पर्यटक भित्र्याउन कस्ता गतिबिधिहरु गर्नु पर्छ ?
सर्व प्रथम कोरोना पछि नेपाल सुरक्षित छ भन्ने सन्देश जानुपर्छ त्यो भनेको कोरोना बाट नेपालमा कम भन्दा कम क्षतिमा नियन्त्रण भई नेपालमा अब कोरेना छैन भन्ने कुरामा पर्यटक ढुक्क हुनुपर्छ । त्यसपछि मात्र दोश्रो चरणमा हानि अन्तराष्ट्रीय बजारमा प्रवर्द्धन मा जान सक्छौं ।
सधै एउटै खाले प्रचार प्रसार बाट पर्यटक आउलान त नेपाल घुम्न ?
नेपाललाई माया गर्ने नेपालिको ब्यबहार मन पराउने नेपालको हिमालि भेगमा जान चाहने र मनोरम दृश्य हेर्न चाहने बिदेशिहरु धेरै छन । हामिले बिभिन्न गन्तब्य मा नेपालि ध्वजाबाहक प्लेन लैजान सक्ने र चिन र भारतको सिमाना सम्म राम्रो रोड एक्सेस हुने हो भने पर्यटक ल्याउन त्यति गार्हो छैन । तर यस्ता धेरै देशहरू छन् , जहाँका जनतालाई नेपाल भन्ने देश पनि छ भनेर थाहा छैन । त्यसैले डिजिटल मार्केटिङ सँगै नयाँ नयाँ तरिका अवलम्बन गरेर विश्वभरी नै नेपालको सौन्दर्यताको बारेमा पुर्याउनु पर्छ ।
साना तथा मझौला पर्यटन व्यावसायिहरु निरुत्साहित देखिन्छ्न यो समयमा उनिहरुमा थप उत्साह सिर्जना गर्न सरकारको कदम के हुनुपर्छ ?
सानो व्यवसायी अथबा भर्खर ब्यबसायमा लागेका साथिहरु बढि चिन्ता र समस्यामा हुनुहुन्छ । वहाँहरू लाई पनि सम्बोधन हुने खालको राहत सरकारले धोषणा गर्नुपर्छ । बैकको लोन हुनेहरुले लोन तिर्न सक्ने अबस्था छैन । करिब अबको २ बर्ष पर्यटन ब्यबसाय पुरानो रुपमा फर्कन लाग्छ । त्यसैले बैंक को ऋण हुने हरुको हकमा १ बर्ष किस्ता पछाडि धकेलिदिने र ब्याजमा सहुलियत बढिमा ५ % मा झार्नु पर्छ । यो बेला धरौटि बढाउने, थप ब्यय भार पार्ने काम गर्नु हुदैन , साना ब्यबसायि लाई दुई बर्षको लागि उसको ब्यापारको अबस्था हेरेर ५ लाख देखि ५० लाख सम्म सहुलियत ऋण दिने ब्यबस्था गर्नुपर्छ ।
साना पर्यटन व्यावसायि पलायन हुन पर्ने अवस्था सिर्जना हुने त होइन ?
यो सबैभन्दा ठुलो बिडम्बना हुन्छ । कुनै पनि हालतमा ब्यबसायि पलायन हुनु हुदैन ।आज सानो ब्यबसायि नै भोलि ठुलो ब्यबसायि बन्ने हो । उनिहरु लाई मैले माथि भने अनुसार सहुलियत दिएर टिक्ने वातावरण बनाउनु पर्छ ।
पर्यटनमा पहिलाको जस्तै चहलपहल ल्याउन कस्ता योजना हरु अघि सार्नुपर्छ ?
पहिला हामि कोरोना बाट सबै सुरक्षित बस्ने , नेपालमा कोरोना फैलन नदिने , सकेसम्म एक जनाको पनि कोरोनाको कारण मृत्यु नभइ छिट्टै नियन्त्रण मा आउनुपर्छ । यसले हामीलाई अन्तराष्ट्रीय बजारमा नेपाल संरक्षित छ भन्ने सन्देश जान्छ यो नै हामि लाई सबै भन्दा ठुलो आधार हुनेछ ।त्यो सँगै अन्तर्देशमा नेपाल र नेपालको प्राकृतिक सुन्दरताको बारेमा प्रचार प्रसार गर्ने कार्यहरू त छँदै छन ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit