पर्यटन बजार३० माघ २०७७, शुक्रबार मा प्रकाशित
माघ ३०,काठमाडौं- २०२० को सुरुवातसँगै सुरु भएको कोराना महामारीले विश्व पर्यटन बजारमा सबै भन्दा बढी प्रभाव पारेको थियो। कोरोनासँगै नेपाल सरकारले पनि पर्यटक भिसामा प्रतिबन्ध लगाएको थियो। विस्तारै कोरोनाको महामारी कम हुँदै जानु र खोप अभियान सुरु हुनुले पर्यटकीय गतिविधि पनि बढ्न थालेको छ।
सरकारले पनि पर्यटक गतिविधि क्रमश: विस्तार चरणबद्ध रुपमा खुला गर्दै आएको छ। अहिले सरकारले खोप लगाएर नेपाल आए पर्यटकलाई निवार्ध घुम्न दिने तयारी थालेको छ भने अनअराइभल भिसा पनि खुकुलो बनाउने तयारी सुरु गरेको छ। योसँगै नेपाल भ्रमणमा आउने पर्यटकको संख्या विस्तारै बढ्न थालेको छ।
अध्यागमन विभागमा अनुसार सन् २०२१ को जनवरीमा मात्रै नेपाल भ्रमणमा ८ हजार ८ सय ७४ जना पर्यटक आएका छन। जसमा सबै भन्दा बढी भारतीय पर्यटक नेपाल भ्रमणमा आएका छन। विभागमा अनुसार भारतबाट मात्रै जनवरीमा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ४ हजार २८ रहेको छ।
यसैगरी, दोस्रो बढी पर्यटक आउने सूचीमा चीन अगाडि रहेको छ। चीनबाट जनवरीमा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या १ हजार ८ सय ७७ रहेको छ। यसबोहक अमेरिकाबाट ५२, अष्ट्रेलियाबाट ६६, बेल्जियमबाट ९९, भुटानबाट २६, क्यानडाबाट ९६, फ्रान्सबाट १ सय ७ र जर्मनीबाट ९७ जना नेपाल भ्रमणमा आएका छन्।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit