कोरोना पछी पर्यटनमा अस्वस्थ प्रतिस्पर्धा बढ्ने खतरा – भिटोफका अध्यक्ष सिंखडा

पर्यटन बजार१० बैशाख २०७७, बुधबार मा प्रकाशित

कोरोना पछी पर्यटनमा अस्वस्थ प्रतिस्पर्धा  बढ्ने खतरा – भिटोफका अध्यक्ष सिंखडा

बैशाख १०, काठमाडौं।कोरोना को विश्वव्यापी महामारी बाट लाखौं मानिसको मृत्यु भएको छ भने झण्डै २५ लाख व्यक्तिहरू सङ्क्रमित बनेका छन् । सोही महामारीबाट बच्न नेपाल एक महिना देखि लक डाउन को अवस्थामा रहेको छ । जसका कारण दिनप्रतिदिन व्यवसायीहरु निरुत्साहित बनिरहेका छन् । आज हामीले लक डाउन ले व्यक्तिगत जीवनमा पारेको प्रभाव र व्यवसायिक रुपमा पारेको असरको बारेमा भी टो फ नेपाल ( गाउँ पर्यटन प्रवर्द्धन मञ्च – नेपाल ) का अध्यक्ष ध्रुव सिंखडा को विचार प्रस्तुत गरेका छौ :-

लक डाउन भन्ने बित्तिकै घरमै बसौं, सुरक्षित रहौं भन्ने हो त्यसैले घर बाहिर जाने त कुरै भएन त्यसैले
यो फुर्सदको समयमा नयाँ नयाँ पुस्तक, लेखहरू पढ्ने,श्रीमती ,बच्चाहरु संग गुणस्तरिय समय व्यतीत गर्ने , उनीहरूसँग खेल्ने, नयाँ परिकार बनाएर खाने, घरका सानाठूला काममा सहयोग गर्ने, व्यवसायी साथीहरु सँग , आफन्तहरुसँग कुराकानी गर्ने र अफिसका केही कामहरू गरेर दैनिकी बितिरहेको छ। लक डाउन ले , कोरोना ले परिवार संग समय बिताउने मौका दिएको छ । व्यस्त दैनिकी बाट केहीदिन को छुट्टी पाउँदा खुशी नलाग्ने त कुरै भएन तर यस समयमा घर बसेको पनि एक महिना भयो जसले गर्दा सबै व्यवशाय बन्द गर्नु परेको छ । जसले गर्दा उक्त व्यवशाय बाट रोजगारी पाएका सर्वसाधारणको पनि हाल आर्थिक अवस्था नाजुक बनेको छ ।
देशको अर्थतन्त्र मै ठूलो नोक्सानी भएको अवस्था छ ।हुन् त लक डाउन ले सबै व्यवशाय चौपट बनाएको छ । पर्यटन व्यवसाय अझै प्रभावित बनेको हामीले महशुस गरेका छौ ।हाम्रो पर्यटन पूर्वाधारमा भएको लगानीदेखि बिभिन्न गतिविधिहरु ओरालो लागेको अवस्था छ । अहिलेको अवस्थामा हामी शून्य भएर बसेका छौं । अहिले पर्यटनका सबै पक्षहरुमा गम्भीर प्रभाव परेको छ ।

लक डाउन खुले पनि अन्य व्यवसायले छिट्टै आफ्नो व्यवसायमा फर्किन सक्छन् तर पर्यटन यस्तो व्यवशाय हो जहाँ विदेशी पर्यटक नआए , होमस्टे, होटल , ट्राभल कम्पनी, ट्रेकिङ एजेन्सीहरु केहीले पनि गती लिन सक्दैन। हाल विश्व नै कोरोना को महामारीका कारण थलिएको छ र छोटो समयमा नै विदेशीहरु आर्थिक रूपमा बलियो बनेर घुम्न निस्कन अलि गाह्रो नै पर्छ ।
त्यसैले लक डाउन पछि हाम्रो व्यवसाय निकै धराशयी बन्ने मा कुनै दुई मत छैन । हामीलाई सामान्य अवस्थामा फर्किन अझै एक वर्ष त कम्तीमा पनि लाग्छ। किनभने अहिले मार्च – अप्रिल को सिजनमै यो महामारी फैलियो अब आउने अर्को सिजन भनेको सेप्टेम्बर , अक्टोबर र नोभेम्बर हो ! त्यस समयमा पनि पर्यटक नेपाल भित्रिने लक्षण छैन ।जसले गर्दा हामीले २०२१ सम्म धैर्य गर्नै पर्ने अवस्था छ ।अहिले मजदुरहरुको अवस्था पनि एकदमै दयनीय छ । किनभने सिजनमा उनीहरुले दैनिक कामसमेत नपाएको अवस्था रहेको छ । फिल्डमा जाँदा पाउने टिप्ससमेत नपाईरहेको अवस्था छ ।

भ्रमण वर्ष बाट व्यवसायिहरुको ठूलो आशा थियो , जसले गर्दा लगानीकर्ताले अरबौं लगानी गरेका थिए ।हाल उक्त लगानीले व्यवसायी लाई फाइदा को साटो झन् घाटा मा लग्दै छ। मलाई लाग्छ यो कोरोना भाइरसको महामारी पछि पर्यटन व्यवसायमा एकदमै अपत्यारिलो, अस्वस्थ्य प्रतिस्पर्धा हुनेछ । पर्यटकलाई जुनसुकै अवस्थामा आफ्ना क्लाइन्ट बनाउन , आफ्नै ट्राभल बाट भ्रमण गराउन जति पाए त्यति रेट मा पनि ट्राभल गराउन सकिने अवस्था आउन सक्छ
। सस्तो भन्दा सस्तो रेट मा प्याकेज सेल गर्ने कार्यहरू हुन थालेपछि झन् पर्यटन व्यवसाय तहसनहस हुन्छ र व्यवसायीहरु निरुत्साहित बनेर व्यवशाय बाट नै विस्थापित नहोलान् भन्न सकिन्न । अबको समयमा सरकारको राहत , सहयोगले मात्र व्यवसायी हरुलाई विस्थापित हुन् बाट जोगाउन सक्छ।सरकारले व्यवसायिहरुको ऋणमा सहुलीयत दिने , ऋण तिर्ने समय थप गरिदिने , ब्याज मिनाहा गर्ने वा कम गरिदिने लगायतका सहयोग प्रदान गरे व्यवसायीहरु लाई केही भएपनि राहत मिल्न सक्छ । हामी व्यवसायीहरु ले पनि संख्यात्मक बृद्धि भन्दा गुणस्तरिय पर्यटक भित्र्याउन पहल गर्नुपर्छ, आफू मात्र र आफ्नो मात्र व्यवशाय अघि बढाउन अस्वस्थ्य प्रतिस्पर्धा गर्नुहुन्न । हामी सबै व्यवसायीहरु एक भएर यो संकटको समयको सामना गर्नुपर्छ।

 

Facebook Comment

छुटाउनुभयो कि?