कोरोना राहत – कागेश्वरी मनोहरा नगरपालिकाद्वारा टोली गठन गरी विपन्न परिवारलाई राहत कार्ड वितरण

पर्यटन बजार२१ चैत्र २०७६, शुक्रबार मा प्रकाशित

कोरोना राहत – कागेश्वरी मनोहरा नगरपालिकाद्वारा टोली गठन गरी विपन्न परिवारलाई राहत कार्ड वितरण

चैत २१,काठमाडौं । विश्व नै कोरोना भाइरसको महामारीको चपेटामा परेको छ । कोरोना बाट नेपाल पनि अछुतो रहन सकेको छैन । कोरोना कै कारण नेपाल सरकारले केहीदिन देखि देशैभर लक डाउन घोषणा गरेको छ । यो लक डाउन कहिले सम्म हुने हो ,अझै कति सङ्क्रमित फेला पर्ने हुन् केही टुंगो छैन ।

यस समयमा सरकारले सुरक्षित साथ घर बस्न र भाइरस बाट आफू पनि जोगिई अरूलाई पनि जोगाउन आग्रह गर्दै आइरहेको छ। त्यस्तै सो समयमा विपन्न र दिनहुँ ज्याला मजदुरी गरेर खाने परिवार भने बढी प्रभावित बनेको छ।
सोही समस्यालाई ध्यानमा राखेर कागेश्वरी मनोहरा वाड नम्बर ७ ले ५ ओटा टोली गठन गरी समस्यामा परेका परिवारलाई राहत कुपन बाँड्ने काम गरेको छ ।

जसमध्ये वडा सदस्य लक्ष्मण पुरीको टोलीले आज ७० परिवारलाई राहत वितरण गरेको हो । राहत भोली बाट वितरण गरिने वडा सदस्य पुरीले जानकारी गराउनु भएको छ ।उहाँले भन्नुभयो “आज ७० परिवारलाई राहत कार्ड बाँडेका छौ, भोली बाट सो परिवारहरूलाई रासन वितरण गर्ने छौं।

लक डाउन को समयमा सर्वसाधारणलाई कुनै समस्या नहोस् भन्ने उद्देश्यका साथ राहत वितरण गर्न लागेको शिवम मार्ग टोल विकास समितिका अध्यक्ष विरोध कार्कीले बताउनुभयो ।

विपन्नको लागि खडा गरिएको राहत विपन्न परिवारले नै प्राप्त गरून् भन्ने हेतुका साथ विशेष अध्ययन गरेर राहत कुपन वितरण गरेको शिवम मार्गका जागरुक युवा विकल राज घिमिरेले बताउनुभयो।

Facebook Comment

छुटाउनुभयो कि?