पर्यटन बजार३१ भाद्र २०७७, बुधबार मा प्रकाशित
भदौ ३१, काठमाडौं । कांग्रेस महामन्त्री डा. शशांक कोइराला ओम अस्पताल भर्ना भएका छन्। कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बसिरहेका कोइराला अचानक ज्वरो आएपछि सोमबार राति अस्पताल भर्ना भएका हुन्।
उनका स्वकीय सचिव भरत तिवारीका अनुसार सोमबार साँझ ६ बजेदेखि कोइरालालाई १०३ डिग्री ज्वरो आएको थियो। ज्वरो कम नभएपछि राति ८ बजे कोइराला ओममा भर्ना भएको तिवारीले बताए। ‘अहिले ज्वरो हटे पनि उहाँमा निमोनियाको संकेत देखिएको डाक्टरले बताएका छन्,’ तिवारीले भने।
कोइरालाको उपचारमा ओमका मेडिकल डाइरेक्टर सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वको चिकित्सक टोली संलग्न छ। उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले बताए।
तिवारीका अनुसार कोइरालामा अहिले ज्वरो छैन। उनले बिहान जुस पिएका छन्।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit