कोशी टप्पु वन्यजन्तु आरक्षमा कोशी पर्यटन महोत्सव शुरु

पर्यटन बजार२० माघ २०७६, सोमबार मा प्रकाशित

कोशी टप्पु वन्यजन्तु आरक्षमा कोशी पर्यटन महोत्सव शुरु

माघ १९, काठमाडौं । कोशी टप्पु वन्यजन्तु आरक्ष पश्चिम कुशाहामा कोशी पर्यटन महोत्सव शुरु भएको छ । आईतबार कोशी पर्यटन महोत्सवको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएपछि महोत्सव शुरु भएको हो । उहाँले कार्यक्रमको उद्घाटन गर्नुहँुदै पर्यटक भित्राउन कोशी टप्पु उद्गमविन्दु भएको बताउनुभएको छ ।

कोशी पर्यटन महोत्सवको उद्घाटन गर्नुहँुदै मुख्यमन्त्री राईले उद्घाटन समारोहले नै पर्यटक भित्राउने प्रदेशको उद्गमविन्दु कोशी टप्पु भएको उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकार र संघीय सरकारले जनवरी १ देखि देशभरि नै पर्यटन वर्ष २०२० लाई सफल पार्न कोशी टप्पुले आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभयो । कोशी पर्यटन महोत्सवले सरकारले लिएको २०२० को २० लाख पर्यटक भित्र्याउने योजना र लक्ष्यमा ठूलो योगदान गरेको बताउनुभयो ।

मूख्यमन्त्री राईले पयर्टन वर्षले नै नेपाललाई विश्वसामू थप चिनाउने भएकाले कोशी टप्पु क्षेत्रमा समेत धेरै भन्दा धेरै पर्यटक भित्राउन जरुरी रहेको बताउनुभयो । उहाँले विश्व समुदायले नेपालमा जुम्न आउँदा पोखरा, चितवन, लुम्बिनी, सगरमाथा, मात्रै बुझेर जाने गरेकोमा कोशी टप्पुलाई समेत पर्यटन क्षेत्रको रुपमा चिनाउन कोशी पर्यटन महोत्सव सार्थक हुने विश्वास व्यक्त गर्नुभयो ।

देशको सिँगो विकास र रोजगारी सिर्जनासँगै विदेशीलाई समेत नेपालको धेरै ठाउँ घुम्ने लायकको रहेको सन्देश दिन पर्यटन वर्ष र कोशी पर्यटन महोत्सव सार्थक सावित हुने उहाँले बताउनुभयो ।नेपालको विविधता विश्वसामू नै उत्तम र उत्कृष्ट क्षेत्र भएकाले पर्यटन वर्षको माध्यमबाट यो सन्देश संसारभरि फैलाउने बताउनुभयो । नेपालमा मनोरम, हिमाल क्षेत्रहरु, विभिन्न तालहरु, धार्मिक पर्यटकीय क्षेत्रहरु रहेको र वन्यजन्तु तथा जैविक विविधताको धनी समेत रहेकाले विदेशी पर्यटकलाई भित्र्याउने लक्ष्यसहित पर्यटन वर्ष संघीय सरकारले घोषणा गरेको र प्रदेश र स्थानीय सरकारले सार्थकताका लागि कोशी पर्यटन महोत्सवको आयोजना गर्नुभएको बताउनु भएको छ ।

चियाको राजधानी , चराको राजधानी, अर्नाको राजधानी, अन्नको राजधानी, लाली गुराँसको राजधानी, लामटांग राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज र कोशी सिमसार जस्तो क्षेत्र रहेकाले पर्यटक भित्र्याउन कुनै पनि समस्या नहुने बताउनुभयो ।

Facebook Comment

छुटाउनुभयो कि?