गणतान्त्रिक लोकतन्त्रको शत्ताले शिक्षकहरुको जायज माग पुरा गर्दैन भने यो शत्ता ध्वंश पार्न पछी पर्दैनौं – नेता रायमाझी

पर्यटन बजार२४ चैत्र २०७५, आईतवार मा प्रकाशित

गणतान्त्रिक लोकतन्त्रको शत्ताले शिक्षकहरुको जायज माग पुरा गर्दैन भने यो शत्ता ध्वंश पार्न पछी पर्दैनौं – नेता रायमाझी

 चैत २४, काठमाडौं । अस्थाई/करार शिक्षक केन्द्रिय संघर्ष समिति ले आफ्ना शिक्षकहरु उपर अन्याय भएकोले आज शिक्षकहरुको हस्ताक्षर सहितको निवेदन मानवअधिकार आयोग केन्द्रीय कार्यालयमा ६५४/२०७५चैत्र २४आइतबार दर्ता गरेको छ  ।यो हस्ताक्षर र आयोगमा दर्ताको लागि पुनरुत्थानवादी शक्ति नेपालका नेता शरद मिश्रले सहयोग गर्नु भएको थियो।

पुनरुत्थानवादी शक्ति नेपालको नेता शेखर जंग रायमाझीले यदि यो गणतान्त्रिक लोकतन्त्रको शत्ताले यि शिक्षकहरुको जायज मागहरु पुरा गर्दैन भने यो शत्ता ध्वंश गरेर भए पनि उनिहरुलाई न्याय दिलाएर छाड्ने प्रतिबद्दता जनाउनु भएको छ ।  यो आयोगमा दर्ता गर्नुको उद्देश्य यो शत्ताको न्यायलयबाट पनि न्याय नपाएको अवस्थामा अन्तर्राष्ट्रिय न्यायलयमा समेत मुद्धा लड्ने तयारीको लागि रहेको नेता रायाम्झीको भनाइ छ 

Facebook Comment

छुटाउनुभयो कि?