गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना सङ्क्रमण पृष्टी

पर्यटन बजार१७ असार २०७७, बुधबार मा प्रकाशित

गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना सङ्क्रमण पृष्टी

असार १७, काठमाडौं।गण्डकी प्रदेशमा बुधबार थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका ६ जिल्लामा २८ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकीमा बुधबार कोरोना पोजेटिभ नतिजा आउनेमा १२ जना पूर्वी नवलपरासीका छन् । कोरोना संक्रमण पुष्टि हुनेमा बुलिङटार गाउँपालिकाका २६ र २७ वर्षका २ जना पुरुष छन् ।

त्यस्तै, गैडाकोट गाउँपालिकाका २५ देखि ५० वर्ष उमेर समूहका ८ जना पुरुष छन् । सोही गाउँपालिकाकै २३ र ५१ वर्षका २ महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल, चितवनमा कोरोना परीक्षण गरिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा गोरखाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा सहिद लखन गाउँपालिकाका ३० वर्षीय एक जना महिला छिन् । गोरखाकै बारपाक गाउँपालिका २६, ५१ वर्षका २ जना पुरुष छन् ।

त्यस्तै, प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा स्याङ्जाका ८ जना छन् । स्याङ्जा वालिङ नगरपालिकाका ५० वर्षीया एकजना महिला र २७ वर्षीय पुरुष छन् ।

स्याङ्जा पुतलीबजार नगरपालिका २५ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । भीरकोट नगरपालिकाका २३ देखि २७ वर्ष उमेर समूहका ४ जनामा पुरुष र २४ वर्षीय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाका २९ वर्षीय एक महिला र सोही जिल्लाकै बडीगाड गाउँपालिकाका २३ र २६ वर्षीया २ महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

तनहुँको शुक्लागण्डकी र कास्कीको पोखरा महानगरपालिकामा एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?