गर्मि मौषममा कहाँ घुम्ने , यी स्थान पर्न सक्छन तपाइको नजरमा !

पर्यटन बजार२२ चैत्र २०७५, शुक्रबार मा प्रकाशित

गर्मि मौषममा कहाँ घुम्ने , यी स्थान पर्न सक्छन तपाइको नजरमा !

चैत २२, काठमाडौं । गर्मि मौषमले चारैतिर हपहपी सुरु भइसकेको छ ।  गर्मि छल्न कहाँ जाने अझ भनौ गर्मि बिदा र अन्य बिदालाई कसरी शान्त मनोरम र चिसो बन्ने भनेर सोचमा हुनुहुन्छ भने यी स्थान तपाइको आकर्षण को क्षेत्र बन्न सक्छ । 

१ . भेडेटार

भेडेटार पूर्वी तराईको गर्मी छल्नका लागि पुग्ने गरिन्छ । धनकुटा जिल्लामा पर्ने यो स्थान धरानबाट भने सबैभन्दा नजिकको रमणिय गन्तव्य हो । यहाँ पुग्नका लागि धरानबाट केवल १७ किलोमिटर दुरी छिचोले पुग्छ । भेडेटार समुन्द्री सतहबाट १ हजार ४ सय ३० मिटरको उचाईमा पर्छ ।

तराईमा उर्खमौलो गर्मी बढिरहँदा भेडेटारमा भने चिसो वतास चलिरहेको हुन्छ । पहाडको खोँचबाट सेता बादलका टुक्राहरु बत्तिइरहेको हुन्छ । घामले रापिएको बेला भेडेटारसम्म पुगेर पहाडी हावापानीको आनन्द लिनुको छट्टै मज्जा हुन्छ ।

२. दामन 

दामन पनि काठमाडौंबाट नजिकको गन्तव्य हो । मकवानपुर जिल्लामा पर्ने दामनमा खासगरी हिँउ खेल्न जाने गरिन्छ, हिँउद याममा । अहिले गर्मी याम छ । गर्मी छल्नका लागि दामनसम्मको यात्रा किन नगर्ने ?

यहाँ आगन्तुककै लागि भ्यूटावर पनि बनाइएको छ । सगरमाथा लगायत हिम शृंखलाहरुको दृश्य हेर्दै रमाउनुको विछट्टै आनन्द छ यहाँ । दामनको विशेषता के भने, यहाँबाट संसारकै १० अग्ला हिमालमध्ये ८ वटा हिमाल देख्न सकिन्छ ।  यो अग्लाईमा पुगेर तपाईंले गर्मीबाट राहत मात्र पाउनुहुने छैन, आफुलाई प्रकृतिको निकट पनि पाउनुहुनेछ ।

३.जोमसोम

जोमसोमको हावा अति नै प्रसिद्द रहेको छ  । अब गर्मी याममा शितल हावाको स्पर्श कति आनन्ददायक होला ? त्यसो हो भने जोमसोमसम्मको यात्रा तय गर्नुपर्छ ।   यातायात त्यती सहज नभएपनि यो स्थान फरक भू बनौटको कारण घुम्नका लागि उपयुक्त हुन्छ । फरक हावापानीमा रमाउनेहरु जोमसोमको यात्रा गर्न रुचाउँछन् ।

४. कन्याम

पूर्व तराई अझ झापा, मोरङ, सुनसरी क्षेत्रमा चर्किएको गर्मी छल्नका लागि अत्यन्तै राम्रो स्थान हो कन्याम । इलाम जिल्लामा रहेको कन्याम यसैपनि मनोरम छ । थुम्का-थुम्कामा लहलह चिया बगान, नाकबेली बाटो, पहाडी चिसो हावा । जसै कन्याममा पुग्नुहुनेछ, तपाईंलाई मधुमासको अनुभूतिले काउकुती लगाउनेछ ।

चियाको बुट्यानहरुमा लुकामारी खेल्ने भुँइकुहिरोले तपाईंलाई थप रोमाञ्चित बनाउनेछ । कन्याम यसै सुन्दर, त्यहाँ चल्ने चिसो वतासले तपाईंलाई चर्को गर्मीको सास्ती बिर्साइदिन्छ । कन्यामसम्म पुग्न मेची राजमार्ग हुँदै तपाईं सहजै रुपमा कन्यामको फन्को लगाउन सक्नुहुनेछ ।

५. ककनी

ककनी काठमाडौंबासीको लागि गर्मी छल्ने उपयुक्त गन्तव्य हुनसक्छ  । नुवाकोट जिल्लामा पर्ने ककनी पुग्न काठमाडौंबाट २० किलोमिटर दुरी छिचोले पुग्छ । स्ट्रबेरीका लागि चिनिएको यस ठाउँमा तपाईंले स्वादिलो रेन्बो ट्राउट पनि खान सक्नुहुनेछ । ग्रामिण परिवेशमा रमाउँदै सिलतता अनुभव गर्ने काइदाको गन्तव्य हो यो ।

यहाँबाट पश्चिममा लमजुङ र मनास्लु हिमाल, उत्तरमा गणेश र लाङटाङ र पूर्वमा गौरीशंकर हिमाल देख्न सकिन्छ ।  मनोरम हिमाली भेगदेखि समतल नदिका फाँटसम्म अवलोकन गर्न सक्नु ककनीको खास आकर्षण हुन् ।

 

Facebook Comment

छुटाउनुभयो कि?