पर्यटन बजार२ भाद्र २०७७, मंगलवार मा प्रकाशित
भदौ २,काठमाडौं । गृहमन्त्री रामबहादुर थापालाई लिन हिँडेको स्कर्टिङको अगुवा गाडीले स्कुटरलाई ठक्कर दिएको छ।
सिंहदरबारको पश्चिम गेटनजिक गृहमन्त्रीलाई स्कर्टिङमा लिन हिँडेको नेपाल प्रहरीको बा१झ ५५९४ नम्बरको जीपले स्कुटरलाई ठक्कर दिएको हो।
मंगलबार बिहान साढे ९ बजे गृहमन्त्रीलाई लिन सिंहदरबारबाट स्कर्टिङ टोली निवासतर्फ लागेको थियो। सोही क्रममा पश्चिम गेटनजिक अगुवा जीपले ठक्कर दिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।
बा९४ प १०२५ स्कुटरमा नुवाकोटकी २३ वर्षीया लीला थापा र २७ वर्षीया सुजा थापा थिए। उनीहरू दुबै जनालाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक वामदेव गौतमले बताए।
ठक्कर दिने जीप सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit