गोक्यो तालमा आइस हक्की र आइस स्केटिङ प्रतियोगिता हुदै

पर्यटन बजार२४ माघ २०७६, शुक्रबार मा प्रकाशित

गोक्यो तालमा आइस हक्की र आइस स्केटिङ प्रतियोगिता हुदै

माघ २४, काठमाडौं । भ्रमण वर्ष २०२० लाई लक्षित गरी विश्वकै अग्लो स्थानमा रहेको गोक्यो तालमा आइस हक्की र आइस स्केटिङ प्रतियोगिता हुने भएको छ ।

भ्रमण वर्ष सचिवालयले पर्यटकका लागि नयाँ उत्पादन उपलब्ध गराउने र नयाँ उत्पादन उपलब्ध गराई पर्यटकीय गन्तव्य स्थापित गर्ने उद्धेश्यले उच्च हिमाली भेगमा नयाँ खेल पर्यटनको विकास गर्ने लक्ष्य अनुसार सगरमाथा क्षेत्रको गोक्यो ताल(तेश्रो) मा आगामी फ्रेबुअरी १४(फागुन २)मा मैत्रीपूर्ण आइस हक्की र आइस स्केटिङ प्रतियोगिता आयोजना गरिएको कुरा बिहिबार होटल मेरियटमा गरिएको पत्रकार सम्मेलनमा भ्रमण बर्षका संयोजक सुरज बैद्यले जानकारी दिए ।

कार्यक्रमा बोल्दै टानका अध्यक्ष खुम सुबेदीले नेपाल आइस हक्की र आइस स्केटिङको लागि नेचुरल स्थान भएकाले नेपालले यसबाट पनि भरपुर पर्यटक भित्र्याउन सक्ने बताउनु भयो र सम्पुर्ण मिडियाकर्मि साथीहरुलाई नेपाल पर्यटनको पोजेटिभ पाटोलाई प्रचार प्रसार गरिदिन अनुरोध गर्नुभयो।

गोक्यो ताल सोलुखुम्बु जिल्लाको ४ हजार ७ सय ९० मिटर उचाइमा रहेको छ । रामसार क्षेत्रमा सूचीकृत गोक्यो क्षेत्र हिमताल र मनमोहक हिमाली दृश्यका लागि आकर्षक मानिन्छ । सो ठाउँलाई स्वदेशी तथा विदेशी पर्यटकको मुख्य रोजाइँको क्षेत्र पनि हो । सगरमाथा राष्ट्रिय निकुन्ज भित्र रहेको यो तालमा पानी जमेर अहिले आइस हक्की र आइस स्केटिङ प्रतियोगिताका लागि उपयुक्त स्थानका रुपमा रुपान्तरण भएको छ ।

आइस हक्की र आइस स्केटिङलाई भ्रमण वर्ष २०२० को नयाँ उत्पादनका रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने लक्ष्य अनुसार खेल आयोजना गरिएको संयोजक बैद्यको भनाइ छ । गोक्यो क्षेत्रमा ६ वटा मुख्य तालहरु रहेका छन् । सन् २००७ देखि गोक्यो ताल रहेको ७ हजार ७ सय ७० हेक्टर क्षेत्रलाई रामसार क्षेत्रको रुपमा घोषणा गरिएको थियो । यो खेल हुनुपूर्व अमेरिकी विशेषज्ञहरुले तीन सातासम्म स्थलगत अध्ययन गरी सो क्षेत्र खेलका लागि उपयुक्त भएको निष्कर्ष निकालिएको थियो ।

सो खेलका लागि ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल(टान)को समेत सहयोग छ भने अमेरिकास्थित ग्राफ स्केट्चले ३१ वटा स्केट्स सुज सहयोग गरेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?