गोरखा दरबारलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्छ – सभामुख महरा

पर्यटन बजार१३ बैशाख २०७६, शुक्रबार मा प्रकाशित

गोरखा दरबारलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्छ – सभामुख महरा

 वैशाख १३, गोरखा । सभामुख कृष्णबहादुर महराले गोरखा दरबार अवलोकन गरेका छन् । २०७२ साल वैशाख १२ गते गएको भूकम्पमा ज्यान गुमाएकाहरुको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन बारपाक आएका बेला महराले शुक्रबार बिहान गोरखा दरबार पनि अवलोकन गरेका हुन् ।

गोरखा दरबार निरीक्षण गर्दै उनले पुनर्निर्माणको काममा ढिलासुस्ती गर्न नहुने बताए ।ऐतिहासिक महत्वको गोरखा दरबारको मौलिक संरचना नविग्रने गरी पुनर्निर्माण गर्नुपर्ने र यसलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने उनले बताए ।

Facebook Comment

छुटाउनुभयो कि?