घान्द्रुकमा मंसिर पहिलो हप्तासम्म पर्यटकलाई प्रवेश निषेध

पर्यटन बजार३० आश्विन २०७७, शुक्रबार मा प्रकाशित

घान्द्रुकमा मंसिर पहिलो हप्तासम्म पर्यटकलाई प्रवेश निषेध

असोज ३०, काठमाडौं । कास्कीको घान्द्रुकमा पर्यटकहरुलाई प्रवेश निषेध गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई मध्यनजर गर्दै पर्यटन व्यवस्थापन समिति घान्द्रुकले मंसिरको पहिलो हप्तासम्म पर्यटकहरुलाई प्रवेश नगराउने निर्णय गरेको हो ।

पर्यटन व्यवस्थापन समिति घान्द्रुकका अध्यक्ष किसम गुरूङले आगामी मंसिर पहिलो हप्तासम्म आन्तरिक र बाह्य सबै पर्यटकहरुलाई प्रवेश नगराउने निर्णय भएको जानकारी दिए । उनका अनुसार सो अबधिसम्म सबै होटल र लजहरू पनि बन्द रहने छन् ।

मंसिर पहिलो हप्तापछि पर्यटन व्यवस्थापन समिति घान्द्रुकको बैठक बसेर आवश्यक निर्णय लिइने अध्यक्ष गुरुङले जानकारी दिए ।

Facebook Comment

छुटाउनुभयो कि?