घ्याम्पेडाडामा जिपलाइन,स्काई साइक्लिङ, क्यानोपी र सोइङ तयार

पर्यटन बजार२ फाल्गुन २०७७, आईतवार मा प्रकाशित

घ्याम्पेडाडामा जिपलाइन,स्काई साइक्लिङ, क्यानोपी र सोइङ तयार

फागुन २ ,काठमाडौं । साहसिक खेलको मज्जा लिन अव टाढा जानु नपर्ने भएको छ । भक्तपुरको घ्याम्पेडाडामा अवको १५ दिन भित्रमा उद्धघाटन हुने गरी जिपलाइन,स्काई साइक्लिङ, क्यानोपी र सोइङ तयार भएको हो ।

योयो जिपलाइन कम्पनीले सञ्चालनमा ल्याउन लागेको सो गन्तव्य भक्तपुरको सुर्यविनायकबाट करिब ७ किलोमिटर टाढा रहेको छ । जिपलाइनका सञ्चालक रामशरण तिमल्सेना सबै खेलहरु तयार भए पनि केही प्राविधिक र भौतिक संरचनाहरु निर्माण बाँकी रहेको बताए । आन्तरिक एवम् बाह्य पर्यटकहरुलाई लक्षित रहेको सञ्चालक तिमल्सेनाको भनाई छ ।

परियोजनाको लगात करिब ५ करोड रुपैयाँ हो । १ हजार मिटरको जिपलाइन, स्काई साइक्लिङ, क्यानोपी ३÷३ सय मिटरको दुरी र सुईङ ८० मिटरको रहेको त्यहाँ प्राविधिक सहयोग गर्दै आएका धुलिखेल जिपलाइनका सञ्चालक केदार थापाले जानकारी दिए ।

सुइङ भने तयारी भइसकेको छैन । निर्माणको अन्तिम चरणमा रहेकै कारण कहिलेबाट सञ्चालन गर्ने भनेर मिति भने तोकि नसकिएको उनको भनाई छ । भक्तपुरको प्रशिद्ध पर्यटकीय स्थलहरु पाइलटबाबा र रानिकोट नजिकै रहेकोले पनि यसलाई विषेश चासोका साथ हेरिकएको छ । ती गन्तव्यमा धेरै व्यक्तिहरु हाइकिङ जाने गरेका छन् ।

विषेश गरेर सनिबार र बिदाको दिन त्यस क्षेत्र मान्छेकाे घुइचाे लाग्ने गरेको छ । जिपलाइन कम्पनीले कुन खेलको कति रकम लिने भन्ने जानकारी भने दिइसकेको छैन । समय सान्र्दभिक मूल्य राख्नका लागि आवश्यक गृहकार्य भइरहेकोले अहिलेनै मूल्य नतोकिएको सञ्चालककको भनाई छ ।

सूर्यविनायक नगरपालिका वडा नम्बर ७ का उपमेयर जुना बस्नेतले जिपलाइनले आन्तरिक एवम् बाह्य पर्यटकलाई लोभ्याउने विश्वास व्यक्त गरेकी छिन् । पदमार्ग, साईक्लिङ, मनोरम हिमालय दृष्यावलोकन, घुमफिर आदिको लागि प्रशिद्ध यो क्षेत्रमा जिपलाइन, स्काई साइकल, क्यानोपीलगायतका खेलहरु सञ्चालनले आन्तरिक एवंम वाह्य पर्यटकहरुलाई थप आकर्षित हुने र यसले समग्र सुर्यविनायक नगरपालिकाको पर्यटन उद्योगमा सकारात्मक प्रभाव पार्ने उनले बताइन ।

घ्याम्पेडाँडा रानीकोट गढी हावाघरबाट सुरु हुने साहसिक खेलहरु पाईलट बाबा आश्रम पछाडिको नयाँ गाउँसम्म जान सकिन्छ । जिपलाइन सँगै रानिकोटमा पछिल्लो समय सुविधासम्पन्न होटलहरु समेत निर्माण भइरहेको छ । थापाको टिमले पछिल्लो समय देशका विभिन्न भागमा जिपलाइन र साहसिक खेलहरु सञ्चालको सम्भाव्यता अध्ययन समेत गर्दै आएका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?