पर्यटन बजार३० मंसिर २०७७, मंगलवार मा प्रकाशित
मंसिर ३०,काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको प्राथमिक सेयर (आईपीओ) मा ११ करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । २ हजार ६९१ जनाले ११ लाख ९४ हजार ६८० कित्ताका लागि आवेदन दिएको बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ । यो मागभन्दा ३.८९ गुणा बढी हो ।
चन्द्रागिरीले मंसिर १७ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रको लागि ३ करोड ६ लाख ८१ हजार ९ सय रुपैयाँ बराबरको ३ लाख ६ हजार ८१९ कित्ता आइपीओ जारी गरेको छ ।
आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं ३,४,६ र ७ तथा साविकको महादेवस्थान गाविसका वडा नं ३,४,५,६,७ र ८ का बासिन्दाले आवेदन दिन सक्नेछन् ।
साथै, मकवानपुर जिल्ला अन्तर्गतको थाहा नगरपालिका वडा नं ९ र १० र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ मा स्थायी बसोबास गर्ने नेपाली नगरिकले आवेदन दिन पाउनेछन् । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन पाउनेछन् ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit