पर्यटन बजार२२ चैत्र २०७५, शुक्रबार मा प्रकाशित
चैत २२, काठमाडौं । अहिलेका लोकप्रिय कवि नवराज पराजुलीअहिले भ्याई–नभ्याई छ। निकै व्यस्त कविको परिचय बनाएका उनी अब भने जेल जाने भएका छन्। यहि चैत २३ गते शनिबार उनी कर्णालीको जेलभित्र हुनेछन्। कवि पराजुली कुनै अपराध गरेर जेल जान लागेका होइनन्। कारागारमा स्थापना गरिएका पुस्तकालयहरुको उद्घाटन समारोहमा सरिक हुन उनी त्यहाँ जान लागेका हुन्। जहाँ उनले कैदिहरुसँग अन्तर्कृया गर्नेछन् भने आफ्नो कविता पनि सुनाउनेछन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरू गरेको ‘कारागारलाई किताब’ अभियानअन्तर्गत ८ वटा कारागारमा पुस्तकालय स्थापना गरिएको छ। यतिमात्र होइन, पुस्तकालय स्थापना गरिएका कारागारहरूमा ‘बुक क्लब’ पनि गठन गरिएको छ, हरेक शनिबार विभिन्न कार्यक्रम गर्नुपर्नेलगायत जिम्मेवारी दिएर। ‘लेखकहरुसँग कैदिहरुको अन्तर्कृया हुदैछ,’ कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी महेशबिक्रम शाहले भने, ‘त्यहा विभिन्न पुस्तकहरुबारे समिक्षा गरिनेछ।’
प्रहरीभित्र अब्बल प्रहरी अफिसरको रुपमा चिनिने डिआइजी महेशबिक्रम शाह एक उम्दा साहित्यकार पनि हुन्। ज्याक्सन हाइट, छापामारको छोरोजस्ता चर्चित पुस्तक लेखेका छन्, उनले। यिनै साहित्यकार डिआइजी अहिले एउटा छुट्टै अभियानमा जुटेका छन्। ‘कारागारलाई किताब’ अभियानअन्तर्गत उनी कैदिबन्दीलाई किताब पढ्न हौस्याउदै छन्।त्यसका लागि हरेक कारागारमा पुस्तकालय स्थापना गर्ने ‘पृथक’ सोचका साथी लागिपरेका छन्, डिआइजी शाह। उनकै नेतृत्वमा रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरू गरेको अभियानअन्तर्गत २१ लाख रुपैया बराबरको किताब संकलन भएको छ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit