चितवन राष्ट्रिय निकुञ्ज भित्र गैंडाको आक्रमणबाट बिदेशी पर्यटक घाइते

पर्यटन बजार२५ चैत्र २०७५, सोमबार मा प्रकाशित

चितवन राष्ट्रिय निकुञ्ज भित्र गैंडाको आक्रमणबाट बिदेशी पर्यटक घाइते

चैत २५, चितवन । चितवन राष्ट्रिय निकुञ्ज भित्र गैंडाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।जंगल वाकका लागि विहान ८ बजे निकुञ्ज भित्र गएका उनीहरु माथि गैंडाले आक्रमण गरेको हो । 

घाइतेमध्ये एक जना विदेशी नागरिक र एक जना नेपाली गाइड रहेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

सौराहाबाट करिब ६ किलोमिटरभित्र दुधौरा भन्ने ठाउँमा सो घटना भएको जानकारी कार्यालयका प्रमुख वेदकुमार ढकालले जानकारी दिए ।

घाइते विदेशी नागरिकको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । नाम भने खुलेको छैन । उद्धारका लागि निकुञ्जको टोली त्यसतर्फ गएको छ । कुनै होटलबाट नभई गाइड कार्यालयसँग सम्पर्क गरेर उनी निकुञ्जभित्र गएका थिए ।

Facebook Comment

छुटाउनुभयो कि?