पर्यटन बजार१७ चैत्र २०७५, आईतवार मा प्रकाशित
चैत १७, काठमाडौं । चीनको सबैभन्दा लामो स्ट्रोप रोप वे अप्रिलदेखि संचालनमा आउने भएको छ। चीनको गुङडङ प्रान्तको गोन्जाओमा बाइयुन माउन्टेन सिनिक स्पटले उक्त रोप वे निर्माण गरेको हो। १५ सय मिटर लामो रोप वेमा एक व्यक्तिले अधिक्तम १२० किलोमिटरको गतिमा यात्रा गर्न सकिने बताइएको छ। एकै समयमा ६ व्यक्तिले रोप वेबाट दुई मिनेटको यात्रा तय गर्न सक्ने बताइएको छ।
रोप वे संचालनमा आएपछि यसले साहसिक पर्यटनमा आन्तिरक र बाह्य पर्यटकलाई आकर्षित गर्ने अनुमान निर्माणकर्ताहरुको रहेको छ। यसअघि चीनको जाएगसु प्रान्तको लाएनयुनगङमा सबैभन्दा लामो रोप वे थियो। उक्त रोप वेको लम्बाई ७८८ मिटर थियो।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit