चीन भ्रमणबाट फर्किएको भोलिपल्टै नेता नेपाल अमेरिका जाने

पर्यटन बजार१६ बैशाख २०७६, सोमबार मा प्रकाशित

चीन भ्रमणबाट फर्किएको भोलिपल्टै नेता नेपाल अमेरिका जाने

वैशाख १६, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका जाने भएका छन् । चीन भ्रमणबाट फर्किएको भोलिपल्टै नेता नेपाल अमेरिका जाने भएका हुन् ।

नेता नेपाल भाइको छोरीको विवाहमा सहभागी हुन सोमबार साँझ अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ । उनी ३ तारिखमा फर्कने कार्यक्रम छ ।

नेता नेपालले आफ्नो भ्रमणबारे सोमबार विहान सचिवालय बैठकमा जानकारी गराएका थिए ।पूर्वप्रधानमन्त्री नेपाल धेरै विदेश गइरहने नेताहरुको सूचीमा अग्रपङ्तिमा पर्छन् ।

Facebook Comment

छुटाउनुभयो कि?