पर्यटन बजार१८ चैत्र २०७५, सोमबार मा प्रकाशित
चैत १८, पोखरा । पोखरामा चैत्र २९ गते देखि १६ औँ फेवा नव वर्ष महोत्सव २०७६ हुने भएको छ । पश्चिमाञ्च होटल संघ पोखराले पत्रकार सम्मेलन गरि संस्कृति, खाना र संगीत महाेत्सव मूल नाराका साथ १६ औँ फेवा नव वर्ष महोत्सव चैत्र २९ गते देखि बैशाख १ गते सम्म गर्ने जानकारी गराएको हो ।
नेपाली संस्कृतिको संरक्षण र पराम्परागत नेपाली खानाको प्रवद्धन गर्ने उद्देश्यका साथ १६ औँ फेवा नव वर्ष महोत्सव आयोजना गर्न लागेको अअध्यक्ष विकल तुलाचनले बताउनुभयो ।
तुलाचनले महोत्सवमा विगतको तुलनाको भन्दा फरक हुने बताउनुभयो । महोत्सवमा जातिय भेषभूषा, रहनसहन, खानपान, कलासाँस्कृतिक झल्कने नि वर्तमान अध्यक्ष भरत पराजुलिले बताउनुभयो ।
फेवातलको किनार कोमागाने पार्कमा हुनलागेको महोत्सवका प्रमुख आकर्षकहरु यस्ता रहेका छन् :
परम्परागत नेपाली खाना
सास्कृतिक झाकि
गण्डकी प्रदेश स्तरीय नृत्य प्रतियोगिता
पप कन्सर्ट
बाल उधान तथा मनोरञ्जन मुलक कार्यक्रम
पर्यटक दौड प्रतियोगिता
डुङ्गा प्रतियोगिता
लोक दोहरी कार्यक्रम
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit