चौबीस घण्टामा झन्डै २ लाख कोरोना संक्रमित थपिए

पर्यटन बजार२३ भाद्र २०७७, मंगलवार मा प्रकाशित

चौबीस घण्टामा झन्डै २ लाख कोरोना संक्रमित थपिए
भदौ २३, काठमाण्डौ। विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ७४ लाख ८९ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ९७ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ८ लाख ९६ हजार ८६७ पुगेको छ । हालसम्म १ करोड ९५ लाख ९० हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६४ लाख ८५ हजार ५७५ पुगेको छ । यहाँ हालसम्म १ लाख ९३ हजार ५३४ हजार जनाको मृत्यु भएको छ ।
भारतमा हालसम्म ४२ लाख ८० हजार ४२२ संक्रमित हुँदा ७२ हजार ८१६ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ४१ लाख ४७ हजार ७९४ जना संक्रमित हुँदा १ लाख २७ हजार १ जनाको निधन भएको छ । रुसमा १० लाख ३० हजार ६९० संक्रमित हुँदा १७ हजार ८७१ जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख ९१ हजार ५७५ जना संक्रमित हुँदा २९ हजार ९७६ जनाको मृत्यु भएको छ ।
कोलम्बियामा ६ लाख ७१ हजार ८४८ संक्रमित हुँदा २१ हजार ६१५ जनाको मृत्य भएको छ । साउथ अफ्रिकामा ६ लाख ३९ हजार ३६२ जना संक्रमित हुँदा १५ हजार ४ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ६ लाख ३७ हजार ५०९ जना संक्रमित हुँदा ६७ हजार ७८१ को मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ५ लाख २५ हजार ५४९ पुगेको छ भने २९ हजार ६१६ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिनामा ४ लाख ८८ हजार ७ संक्रमित हुँदा १० हजार १२९ जनाको निधन भएको छ । चिलीमा ४ लाख २४ हजार २७४ जना संक्रमित हुँदा ११ हजार ६५२ को मृत्यु भएको छ । यता, इरानमा ३ लाख ८८ हजार ८१० जना संक्रमित हँदा २२ हजार ४१० जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४१ हजार ५५४ जनाको मृत्यु भएको छ भने ३ लाख ५० हजार १०० जना संक्रमित रहेका छन् । फ्रान्समा ३ लाख २८ हजार ९८० संक्रमित हुँदा ३० हजार ७२६ जनाको ज्यान गएको छ ।

बंगलादेशमा हालसम्म ३ लाख २७ हजार ३५९ संक्रमित हुँदा ४ हजार ५१६ को मृत्यु भएको छ । साउदी अरबमा ३ लाख २१ हजार ४५६ हजार संक्रमित हुँदा ४ हजार १०७ जनाको मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ९९ हजार २३३ संक्रमित हुँदा ६ हजार ३५० जनाको ज्यान गएको छ । चीनमा पछिल्लो २४ घण्टामा १० जना नयाँ संक्रमित थपिएका छन् ।

त्यहाँ हालसम्म ८५ हजार १४४ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा ७१ हजार ८५६ जना संक्रमित हुँदा १ हजार ३६३ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ४७ हजार २३६ जना संक्रमति फेला पर्दा ३० हजार ६७७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ३०० जनाको भने ज्यान गएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?