पर्यटन बजार२९ मंसिर २०७७, सोमबार मा प्रकाशित
मंसिर २९, काडमाडौँ। चिसो बढे संगै विभिन्न ठाउँका जनावरहरू आफ्ना ठाउँ परिवर्तन गर्न थाल्छन्। जनावरहरू गर्मी महिनामा हिमाल तर्फ लाग्छन् भने जाडो महिनामा बेँसी झर्ने गर्छन्।
हिमाली जङ्गली जनावर नाउर चिसो बढेसँगै बेँसी झरेका छन्। समुन्द्री सतहदेखि चार हजार मिटर उचाइमा बसोवास गर्ने नाउर अहिले दुई हजार ७०० मिटरमा झरेका छन्।
यिनीहरू मनाङका ङिस्याङ भ्याली खाङसार ङावल मनाङगाउँलगायतका वस्तीहरूमा आइपुगेका छन्।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit