जनआन्दोलन दिवसको सम्झनामा ‘डेमोक्र्याटिक वाकाथन’ सम्पन्न

पर्यटन बजार२६ चैत्र २०७५, मंगलवार मा प्रकाशित

जनआन्दोलन दिवसको सम्झनामा ‘डेमोक्र्याटिक वाकाथन’ सम्पन्न

चैत २६, काठमाडौं । जनआन्दोलन दिवसको सम्झनामा वीर गणेशमान सिंह फाउन्डेसनले काठमाडौंमा पदयात्रा आयोजना गरेको छ । मंगलबार बिहान बसन्तपुर दमकलबाट सुरु भएको पदयात्रा न्युरोड, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क, भद्रकाली हुँदै पुनः बसन्तपुर पुगेको थियो । सो पदयात्रालाई ‘डेमोक्र्याटिक वाकाथन’ नाम दिइएको थियो ।

कांग्रेस नेता एवम् गणेशमान पुत्र प्रकाशमान सिंहले कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा नायिका केकी अधिकारीले गणेशमान सिंहले प्रजातन्त्र स्थापनामा गरेको योगदानको स्मरण गर्दै भनिन्, ‘गणेशमान सिंहकै कारण अहिले हामी यहाँ छौं ।’

लौहपुरुष गणेशमानलाई आदर्श मान्ने विभिन्न पेशाकर्मी, व्यवसायी, विद्यार्थी, कलाकार, खेलाडीहरु पदयात्रामा सहभागी भएका थिए । उनीहरुले गणेशमान सिंहको तस्वीर अंकित टिसर्ट र क्याप लगाएका थिए ।

जनआन्दोलन दिवसको अवसरमा प्रज्ञाभवन कमलादी र राष्ट्रिय सभागृहमा पनि अलग-अलग कार्यक्रम आयोजना गरिएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?