पर्यटन बजार१२ चैत्र २०७५, मंगलवार मा प्रकाशित
चैत १२, काठमाडौं ।
बिहान सबैरै उठने देखिन बेलुकी जुठा भडा राख्न हुन्न, हाम्रो सस्कृती हाम्रो धरोहर हो भन्दै सिकाउने तिम्रो स्वभाव मा थोरै भएपनी मैले हजुर आमा देखे।
आफ्नो कामले समाजलाई आफ्नै तरिकाले बदल्न सक्नुपर्छ भन्ने, जत्ति नै माया भएपनि थोरै मात्र खुलेर प्रस्तुत गर्ने स्वभावमा मैले तिमीमा मेरो बुवा देखेँ ।
माया र ममताले भरिपूर्ण अनि सानो खुशीमा पनि हाँस्न सिकाउने, आफ्नो कारणले अरुलाई बाधा नहोस् भनी सोच्ने बानीमा मेरो आमा देखेँ ।
मेरो अत्यन्तै मिल्ने साथी, मेरो अत्ति नै प्रिय मान्छे, मेरो हरेक कदमलाई साथ दिई गल्तीलाई सच्याउदै, मलाई अझै अगाडी बढ्न सिकाउने, तिमीले चाहे जे पनि गर्न सक्छौ भनेर प्रेरणा दिने स्वभावमा मैले मेरो दिदी देखेँ ।
कुनै बेला निक्कै कडा तर कहिले काहिँ साह्रै चन्चल, हाँसो मजाक्, ठट्यौली पारा देखाई मलाई सक्दो खुशी बनाउने बानीले मेरो दाइ पनि देखेँ।
बिनु, तिमीमा मैले आफ्नो परिवार पाएँ, परिवार भन्दा टाढा रहेर पनि परिवार पाउनु यो भन्दा म अरु केहि माग्न सक्दिन । तिमीलाई सदैव माया र साथ दिनेछु ।
जन्मदिनको धेरै भन्दा धेरै शुभकामना !
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit