पर्यटन बजार९ बैशाख २०७६, सोमबार मा प्रकाशित
वैशाख ९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको गाँठो फुकेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जिल्ला कमिटीहरुको एकताको गाँठो फुकेको बताए ।
जिल्ला कमिटीको एकता भएपछि मिसन कमप्लिट भएको दाबी उनले गरेका छन्। जिल्ला कमिटीहरुको एकीकरण फलामे ढोका भएको बताउँदै प्रचण्डले भने,‘फलामे ढोका फोरेर एकता अगाडि बढएका छौं। जिल्ला कमिटी मै हाम्रो गाँठो परेको थियो। त्यो गाँठो फुक्यो।’
पार्टीको एकता घोषणा भएको पछिल्लो एक वर्षभित्र पार्टीमा गाँठो परेको बताउँदै प्रचण्डले भने,‘राम्रो गर्ने उदेश्य राखे पनि गाँठो कसिएको जस्तो देखियो। अन्तमा हामी जहाँबाट सुरु गर्यौं त्यही पहिलेकै ठाउँमा गएर काम पुरा गरौं।’
जिल्ला कमिटीको एकता घोषणाले प्रतिक्रियावादीहरुका लागि प्रतिवाद र कम्युनिष्टहरुका लागि उत्साह भएको उनले बताए।
एकतामा जानबाट रोक्न आन्तरिक र बाह्य प्रयास भएको दाबी गर्दै प्रचण्डले भने, ‘सानो मेहेनतले एकता भएको होइन। निर्वाचन सकिएपनि एकता रोक्न नेपालभित्र र बाहिर प्रयास भयो।’
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit