पर्यटन बजार१५ जेष्ठ २०७६, बुधबार मा प्रकाशित
जेठ १५, काठमाडौं । पुनरुत्थानवादी शक्ति नेपालले आजैका दिन गणतन्त्र घोषणा भएको दिनलाई कालो दिनका रुपमा मनाउंदै आएको छ । जेठ १६ अर्थात् आजकै दिनमा गणतन्त्र घोषणा भएकोले यस दिनलाई कालो दिनका भनेको हो ।
पुनरुत्थानवादी शक्ति नेपालका नेता शेखर जंग रायमाझीले नेपालको एकिकरण,स्वाधीनता, स्वतन्त्रता र गौरव कायम गर्दै नेपाली नागरिकको पहिचान स्थापित गर्ने नेपाली राजतन्त्रको बिकल्प नरहेको बताएका छन ।यो जनघाती, राष्ट्रघाती बिदेसीको गुलामी गर्ने कालो गणतन्त्र अपदस्त गर्नुपर्ने आजको आवश्यकता रहेको रायमाझीले बताए ।
उक्त शक्तिका प्रवक्ता शरद मिश्रले यो गणतन्त्रले कहिल्यै नागरिकको स्वार्थमा,हितमा आउन नसक्ने हुनाले आज नागरिकको बिभिन्न बर्ग र समुदायमा असन्तोष चुलिएको बताए। मिश्रले भने” यो सत्ताको अत्याचारले तेह्र हजार शिक्षक आज सडकमा छन। यदि शिक्षकको जायज हकहितका माग अनदेखा गरेमा यो सत्ता ध्वंस गरिदिनेछौ।”
त्यस्तै बाढीपीडित, बिधालय कर्मचारी, जग्गा अतिक्रमण लगायत एकासीलाख सरोकारवालाको अदालतबाट फैसला भएको निर्णय कार्यान्वयनको चेतावनी दिदै प्रवक्ता शरद मिश्रले नगरेमा राजा सहितको पुनरुत्थानवादी सरकारको लागि नागरिक आन्दोलन शुरु गर्ने धम्की पनि दिए।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit