झापाको गौरादह पोखरीको स्तरन्नोती हुने , पर्यटकिय क्षेत्रको रुपमा बिस्तार गरिने

पर्यटन बजार६ जेष्ठ २०७६, सोमबार मा प्रकाशित

झापाको गौरादह पोखरीको स्तरन्नोती हुने , पर्यटकिय क्षेत्रको रुपमा बिस्तार गरिने

जेठ ६, झापा । झापाको गौरादह–१ गौरादहमा रहेको गौरादह पोखरीको स्तरन्नोतीका लागी पुर्वाधार निर्माण कार्य अगाडी बढाइएको छ । पर्यटकीय सम्भावना भएर पनि ओझेलमा रहेको गौरादह पोखरी कहिले समुदायबीचको बिवाद त कहिले जनप्रतिनिधिबीचको जुहारीले गौरादहको अस्तित्व दिने पोखरी संकटमा परेको हो । बारम्बार बिवादले रोकिएको पोखरी समयमा निर्माण हुने आशामा स्थानिय रहेका छन् ।

कहिले निर्माण भए यकिन् त छैन तर यही पोखरी (दह) कै नामबाट गौरादह भन्ने नाम रहन गएको भन्ने जानकारहरु बताउछन् । यस्तो ठुलो ऐतिहासिक महत्व बोकेको पोखरी संरक्षणका लागी अब भने स्थानिय सरकारले काम अगाडी बढाएको छ । पोखरी संरक्षणका लागी यसवर्ष प्रदेश सरकारले ३ करोड बजेट बिनियोजन गरेको छ ।

ऐतिहासीक यस पोखरीलाई पर्यटकिय गन्तब्य बनाउन पुर्व सांसद दिपक कार्कीको संयोजकत्वमा मुल समिती निर्माण गरेको छ । समितीले ३४ लाखको लागतमा डिपीआरको काम सम्पन्न गरेको छ । हाल पोखरीको पुर्वाधार विकासका लागी यस बर्ष वाल कम्पाउण्डको काम सम्पन्न गरेर क्रमश पर्यटकिय पुर्वाधारहरु निर्माण गर्ने समितीले जनाएको छ ।

उचित व्यवस्थापन नहुँदा पोखरीको संरक्षण हुन सकेको थिएन । तर यस पटक स्थानिय सरकारले उत्कृष्ट पर्यटकिय गन्तव्यको रुपमा बिकास गर्ने गरी काम अघि बढाएको हो । स्थानियवासी समेत काम अघि बढ्ने भएपछी हर्षित देखीन्छन् ।

गौरादह नगरपालिकाले आर्थिक बर्ष २०७५।०७६ मा पोखरी प्रर्वधनको लागी कुनै बजेट नछुट्याए पनि गौरादह पोखरीको संरक्षण तथा यसलाई बृहत पर्यटकिय क्षेत्रको रुपमा बिस्तार गर्न विज्ञ तथा समितीहरुसंग विभिन्न अन्र्तकृया कार्यक्रमहरु अघी बढाएको गौरादह नगरपालिकाका नगर प्रमुख रोहित शाहले बताउनुभयो ।

 

Facebook Comment

छुटाउनुभयो कि?