टानको वर्तमान कार्यसमितिको १०० दिन पुरा , यस्तो छ उपलब्धी !

पर्यटन बजार११ पुष २०७६, शुक्रबार मा प्रकाशित

टानको वर्तमान कार्यसमितिको १०० दिन पुरा , यस्तो छ उपलब्धी !

पौष ११ ,काठमाडौँ। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) नवीकरण बिनै सञ्चालन भइरहेको छ। (टान) को वर्तमान कार्यसमितिले १०० दिन पुरा गरेको अवसरमा आयोजित एक पत्रकार सम्मेलनमा कर तिर्ने विषयमा विवाद भएपछि नवीकरण हुन नसकेको टानका अध्यक्ष खुम बहादुर सुबेदीले बताउनुभएको हो।

पद यात्रा व्यवस्थापन सूचना प्रणाली (टिम्स) कार्डमा नेपाल पर्यटन बोर्डसँग विवाद हुँदा दुई वर्षदेखि नबिकरण हुन नसकेको भएता पनि नविकरणका लागि प्रयास भइरहेको अध्यक्ष सुबेदीले जानकारी गराउनुभयो।

त्यस्तै टानको नयाँ कार्य समितिले १०० दिनमा उल्लेखनीय कार्यहरु गरेको र आगामी दिनहरुमा अझै नेपाल पर्यटनलाई सघाउने खालका कार्यहरु गर्न आफु लगायत आफ्नो टिम प्रतिबद्द रहने समेत अध्यक्ष सुबेदीले जानकारी गराउनुभयो। त्यस्तै भ्रमण बर्ष २०२० मा बढी भन्दा बढी पर्यटक भित्र्याउन सबै सरोकारवालाहरु दत्तचित्तका साथ लाग्नुपर्ने र बिभिन्न किशिमका छुट दिएर पर्यटकको बसाई लम्ब्याउन सबैजना एकजुट हुनुपर्ने उहाँले बताउनुभयो।

टानका निबर्तमान अध्यक्ष नवराज दाहालले टानको नयाँ कार्यसमितिले सय दिनको छोटो समयमा धेरै राम्रा काम गरेको बताउंदै बधाई तथा शुभकामना व्यक्त गर्नु भयो। उहाँले टान पर्यटन क्षेत्रको उत्कृष्ट संस्था मध्येको एक रहेको बताउंदै रोजगारी सिर्जना गर्ने देखि नेपालको पर्यटन प्रवर्द्धनमा टानको महत्वपूर्ण भूमिका रहेको समेत बताउनुभयो।

त्यस्तै टानले आजको कार्यक्रममा पर्यटन पत्रकार संघ (जाट) का नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना समेत दिएको छ।

 

Facebook Comment

छुटाउनुभयो कि?