टान निर्वाचन मैले जित्नु भनेको नेपालको पर्या पर्यटन ले राम्रो गति लिनु हो- अन्जन थापा (कुमार)

पर्यटन बजार१९ भाद्र २०७६, बिहीबार मा प्रकाशित

टान निर्वाचन मैले जित्नु भनेको नेपालको पर्या पर्यटन ले राम्रो गति लिनु हो- अन्जन थापा (कुमार)

केहि सयय भारि बोकेर पोटर हुदै १९९८ मा गाईड ट्रेनिंग गरि सन २००० मा ट्रेकिडं कम्पनि स्थापना गरि अनबरत रुपमा पर्यटन क्षेत्रमा क्रियासिल रहनु भएको छ टानका अध्यक्ष का प्रत्याशी कुमार थापा अन्जन । हाल आशाहि ग्रुप अफ कम्पनि को अध्यक्ष रहि आशाहि ट्रेक्स एण्ड एक्पिडिसन , हिमालयन ईन्टरनेशनल योगा एकेडेमि , ट्रष्ट एण्ड केयर मन्टेश्वरि , ब्युटिफुल काठमाण्डू होटल र होटल उडल्याण्ड काठमाण्डू संन्चालन गरिरहनुभएको छ । प्रत्यक्ष रुपमा करिब २०० /२५० जनालाई रोजगारि श्रिजना गर्दै आफु पनि सधै पर्यटन संग सम्बन्धित हरेक बिधामा सरिक भइ रहनु भएको छ ।प्रस्तुत छ ,निर्वाचन को पुर्व सन्ध्यामा पर्यटन बजार डट कम ले गरेको कुराकानी :

१ दिन मात्र बाँकि छ , टान को निर्वाचन आउन कतिको आत्मविश्वासी हुनुहुन्छ , मत तपाई कै पक्ष मा आउला त ?
सर्वप्रथम त हामी भौगोलिक हिसाबले , जातीय हिसाबले , लैंगिंक हिसाबले सबै मिलेर बनेको एक टिम हौँ। हामीसंग महिला महासचिब हुनुहुन्छ , हुम्ला को साथी हुनुहुन्छ ,सोलु को साथी हुनुहुन्छ , धादिङ्ग बाट म छु , पर्यटन क्षेत्रमा सबै भन्दा बढी धादिङ्ग र सोलु का साथीहरु को सहभागिता रहेको छ , त्यसैले वहाँ हरु सबैको प्रतिनिधित्व गर्दै म निर्वाचनमा होमिएको छु। म पर्यटन क्षेत्रमा १९९६ को समय देखि काम गर्दै आएको छु ,२००० साल देखि त् मैले कम्पनि नै चलाएर बसेको छु। त्यसैले म भन्दा सिनियर साथि हरु संग पनि मेरो राम्रो सम्बन्ध छ भने म भन्दा सानो र पछि पर्यटन क्षेत्रमा छिर्नु भएको छ उहाँ हरुसंग पनि मेरो सुमधुर सम्बन्ध छ। त्यो अर्थमा पनि हामीले जित्छौं जस्तो लागेको छ।

तपाईंका केही एजेण्डा सुनाइदिनु स न जसले तपाईं लाई विजयी बनाउन मद्दत गर्दछ ?

हामीले १६ बुँदे सार्वजनिक गरेका छौ ।अहिले चाहिँ छोटो रूपमा तपाईंलाई भन्न चाहन्छु ,विदेशी पर्यटक हरू नेपाल घुम्न आउनुहुन्छ ट्रेकिङ मा जानुहुन्छ तर आफू संग गाइड लिएर जानुहुन्न न त पोर्टर लिएर जानुहुन्छ कम्पनी बाट पनि कोही जानुहुन्न ।जसले गर्दा चाहिं ठूलो संख्या मा जनशक्ति बेरोजगार भएको अवस्था छ ।त्यसैले हामीले चाहिं ट्रेकिङ विथ गाइड एंड पोर्टर भन्ने व्यवस्था लाई अघि बढाएका छौं । 

अर्को चाहिं टान र मजदुर बीच मजदुर फन्ड छ , जसले चाहिं मजदुर को दुख सुख मा साथ् सहयोग प्रदान गर्नेछ र जो कम्पनि जसले एक बर्ष मा १/२ लाख को ब्यबसाय गरेका हुन्छन तर कोहि पोर्टर वा गाइड मर्दा ५ लाख क्षतिपुर्ति दिनुपर्ने हुन्छ तर दिन सकिरहेका हुँदैनन् , उनीहरुको लागि भनेर हामीले टान ब्यबसायी फन्डको परिकल्पना गरेका छौं।

सुविधा सम्पन्न पर्यटन अस्पताल योजना : विगतका दिनमा पर्यटकहरु विरामी परेको अवस्थामा उद्धार गरी काठमाडौं ल्याएर उपचार गर्ने क्रममा नीजीस्तरबाट संचालनमा रहेको अस्पतालहरुले उचाइमा लाग्ने रोगहरुलाई विशेष प्रकृतिको रुपमा हेरी दिनमै १ लाख भन्दा बढी खर्च गराउने गलत अभ्यासहरु भएको पक्षलाई मध्यनजर गरी विदेशी पर्यटक लगायत पदयात्रा वा अन्य अवस्थामा समेत विरामी परेका पर्यटन क्षेत्रका कामदार कर्मचारीलगायत अन्य सर्वसाधारण समेतले सुलभ मूल्यमा औषधि उपचार सेवा प्राप्त गर्नको लागि आगामी दिनमा पदयात्रा पर्यटन क्षेत्रमा सार्वजनिक–निजी साझेदारीको अवधारणालाई अवलम्बन गरी निजी क्षेत्रको श्रोतको परिचालन, सरकार र दातृ निकायहरुको समेत लगानीमा काठमाडौं वा वरिपरिका कुनै पनि क्षेत्रमा चिकित्सकिय अनुसन्धान र अत्याधुनिक सुविधा सहितको गुणस्तरीय पर्यटन अस्पताल स्थापना र संचालनको लागि संचालन कार्य विधि सहित कार्य थालनी गरिने छ ।

गन्तव्यमा कार्यरत् पदयात्रा क्षेत्रका कामदार मजदुरहरुले खानपान र बासको विषयमा भोग्नु परेको समस्यालाई समाधान गर्नको लागि तत्गन्तव्यका स्थानीय सरकार र अन्य सरोकारवालाहरुसँगको समन्वय र सहकार्यमा आगामी दिनमा गन्तव्यहरुमा मजदुर आवास गृह निर्माण लगायत सहुलियत दरमा स्थानीय होटल तथा लजहरुमा उनीहरुको लागि खानपिन र बासको व्यवस्था गर्नको लागि तत्काल आवश्यक कार्य गरिने छ । विगतको वर्षदेखि टानले अन्य संघसंस्थाहरुको समेत सहयोग समन्वय र सहकार्यमा संचालन गर्दै आइ रहेको विभिन्न क्रियाकलापहरु जस्तैः टान अन्तर्राष्ट्रिय इको च्यालेञ्ज, म्याराथुन, इको टुरिजम वर्कसप, गाइड तालिम, कुक तालिम आदि जस्ता क्रियाकलापहरुलाई निरन्तरता दिइने छ ।

टान नबिकरण नभई कनै निर्वाचन मा गयो भन्ने हल्ला छ , यसमा कतिको सत्यता छ ?
मैले पनि सुन्न चाहिं सुनेको छु ,हल्ला सत्य हो या झुठो त्यो चाहिं मलाई पनि थाहा छैन। त्यो पहिलाको कार्यसमिति को साथि हरुलाई थाहा होला।

तपाई ले जित्दा पर्यटन तथा ट्रेकिंग ब्यबशायी को भविष्य कस्तो होला ?
म निकै लामो समय देखि यस ब्यबशाय मा छु , त्यसैले यो क्षेत्र को तमाम समस्या संग म परिचित छु। सो अर्थमा भन्नुपर्दा अहिले टान र पर्यटन बोर्ड बीच थोरै असमझदारी भएको छ। जसले गर्दा टिम्स रकम हामीले पाएका छैनौं। तर त्यो नियमावली लाइ सच्याउने ,पर्यटन बोर्ड संग समझदारी गर्ने , र मिनिस्ट्री लेभल मा डिलिंग गर्नुपर्ने हुन्छ। र हामी थोरै विचार समुह को हिसाब ले पनि अहिले को सरकार संग हामी थोरै नजिक भएका ले पनि हामीले जाँदा सम्पूर्ण ब्यबसायी हरुको भविष्य सुनिश्चित हुन्छ जस्तो लाग्छ मलाई।

नयाँ ट्रेकिंग रुट पत्ता लगाउने बारेमा केहि सोच्नु भएको छ ?
नेपालका धेरै परिचित पदयात्रा अन्नपूर्ण , एभरेस्ट बेस क्याम्प ,लाङ्ग टांग बेस क्याम्पहरु छन्। नयाँ ट्रेकिंग रुट पत्ता लगाउने पर्ने छ ,म टान को कार्यसमिति कोषा ध्यक्ष हुँदा मेरो नेतृत्व मा १० ओटा ट्रेकिंग ट्रायल हरु एक्सप्लोर गरेका थियौं। ति रुट हरु चाहिं पछिल्लो कार्यसमिति बाट प्रचार प्रसार भएनन्। त्यसैले ति रुट हरुलाई हामीले अन्तराष्ट्रिय स्तर मा पुर्याउने छौं। नयाँ पहिचान त् छंदै छ र पहिला पहिचान भएर पनि पर्यटक पुग्न नसकेका स्थानमा पर्यटक पुर्याउने मा हाम्रो जोड रहनेछ।

अन्त्यमा , धेरै मतदाता ले तपाइको पक्षमा मत हाल्ने सोचिसक्नु भएको होला , जो अझै अन्योल मा हुनुहुन्छ , वहाँ हरुलाई के भन्न चाहनुहुन्छ ?
टान का जति पनि सदस्य हरु हुनुहुन्छ , उहाँ हरु सबै जना यस क्षेत्रका राम्रा पक्ष , नराम्रा पक्ष र तमाम समस्या बाट जानकार हुनुहुन्छ र म आफै पनि धेरै समय देखि यहि क्षेत्रमा आबद्द छु।पदयात्रा पर्यटनमा लागेका दुई दशक दौरानमा भोगेका भोगाई ,कठिनाई ,अबसर तथा पर्यटन क्षेत्रका तमाम नितिगत समस्या , पदयात्रा गर्दा आईलाग्ने बिपति , बिस्व पर्यटन र हाम्रो अबस्था , टानको बिगत र बर्तमान अबस्था संग अत्यन्त सुस्म ढंगले जानकार छु। पत्रकारिताको बिधार्थि तथा ब्यबसायिको नाताले बिभिन्न समयमा आफनो बिचार तथा आलेख प्रष्ट संग राख्दै आयको छु त्यसैले पदयात्रा क्षेत्रका अग्रज ब्यबसायि हरुको लामो संर्घर्ष र युबा हरुको आशा र भरोसा रतिभर डग्न दिने छैन । पर्यटन क्षेत्रमा लामो समयसम्म कार्य गरेको एक अनबरत यात्रिको कारणले पर्यटन क्षेत्र मेरो लागि एउटा सुनौलो संसार हो। पर्यटन क्षेत्रमा रहेको अबसर ,हुने तमाम बिक्रिति ,बिसंगति , पदयात्रा पर्यटन क्षेत्रमा गर्नुपर्न् नितिगत सुधार , गैर ब्यबसायि बाट हुने पदयात्रा संन्चालन , मजदुर का तमाम कठिनाई , पर्यटन बोर्ड संगको समझदारि तथा पदयात्रा क्षेत्रको बारेमा गर्नुपर्न् प्रबर्धन र बिकाश मौशमको प्रतिकुलताले गर्दा हुने समस्या यि बिबिध कुराहरुका बारेमा म पूर्ण जानकार छु ।

त्यसैले अहिले आम ब्यबसायी लाइ म के भन्न चाहन्छु भने कतिपनि दुबिधा मा नपरी मत हाल्नुस , हामीलाई भोट गरेर जिताउनुहोस ,हामि जित्दा नै तपाई हरुको भविष्य सुनिस्चित छ र तपाई हरुको भविष्य सुनिस्चित हुनु भनेकोहाम्रो भविष्य सुनिस्चित हुनु हो र हाम्रो भविष्य सुनिस्चित हुनु भनेको नेपालको पर्या पर्यटन ले राम्रो गति लिनु हो।

Facebook Comment

छुटाउनुभयो कि?