पर्यटन बजार२२ फाल्गुन २०७५, बुधबार मा प्रकाशित
२२ फागुन, काठमाडौं । टीकापुर घट्नामा दोषी ठहर भएसँगै निलम्बित सांसद रेशम चौधरीको पद खारेज हुने भएको छ । कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र डाँका चोरी मुद्दामा जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएपछि चौधरीको पद गुम्ने भएको हो ।
संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले नैतिक पतन देखिने फौजदारी कसूर प्रमाणित भएकाले सांसद पद स्वतः खारेज हुने जानकारी दिए । पाण्डे भन्छन्, ‘अदालतबाट दोषी ठहर भएपछि सांसद नरहने कानूनी व्यवस्था छ ।’
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit