टिचिङ एक्सिडेण्ट : अझै पाएनन् मृतक परिवारले न्याय

पर्यटन बजार१३ आश्विन २०७७, मंगलवार मा प्रकाशित

टिचिङ एक्सिडेण्ट : अझै पाएनन् मृतक परिवारले न्याय
असोज १३, काठमाण्डौ।  संसार नै कोरोना महामारीको त्रास मा रहँदा अनूपा कार्की को परिवार पनि कोरोना महामारी बाट जोगिन हर प्रयास गरिरहेको थियो। तर उनी बेखबर थिई न उनको मृत्यु कुनै महामारी बाट नभई एक पलको दुर्घटना बाट होला । र उनको मृत्यु सँगै जिउँदै मरे सरह हुनेछिन् उनकी ५ वर्षकी छोरी र उनको परिवार । हो असोज ७ गते आफ्ना श्रीमानको सानो चोटमा अतालिएर अस्पताल पुगेकी उनी ६ दिनदेखि सोही अस्पतालको शवगृमा लडिरहेकी छन् ।
बिहान देखी अस्पतालमा बसेका अनुुपा र श्रीमान विक्रम कार्की खाजा खान भनेर टिचिङ पारीको एक पसल मा गएका थिए। खाजा खाएर फर्किन खोज्दा जेब्रा क्रसिङ पार गर्दै गर्दा एक मोटर साइकलले उनीहरूलाई धक्का दिएको थियो। मोटरसाइकलको धक्काबाट लडेकी अनुपालाई पछाडी आउँदै गरेको पूर्वमन्त्री दिलीप खड्काको गाडीको पछाडीको चक्काले किचेको थियो ।
अनुपालाई कीचे सँगै मन्त्री खड्काको गाडी भागेको थियो । प्रहरीले सो गाडी संगै एक जना चालकलाई पक्राउ गरेको छ । तर पीडितका श्रीमान विक्रमले भने उक्त गाडी ड्राइभरले नभएर पूर्वमन्त्री खड्का ले नैं चलाएको दाबी गर्दै आएका छन् । घटना भएको ६ दिन बितिसक्दा पनि मन्त्री आफू भने पीडित परिवार सँग कुरा गर्न नआएको तर दूत लाई विभिन्न प्रलोभन सहित पठाएको विक्रमले गुनासो गरेका छन्।
पिडित पक्षले न्याय नपाउन्जेल अनुपा कार्कीको शवको पोस्ट मार्टम नगरिने र कसैले पनि पद र शक्तिको आडमा निर्दोस र कमजोर जनतालाई दुख दिने र ज्यानै लिने सम्मको गर्न नपाउने बताउदै आएको छ ।
घटना भएको यतिका दिन बित्दा पनि प्रहरी प्रशासन समेत चुप रहेकोमा आश्चार्य बनेको छ अनुपाको परिवार। श्रीमती गुमाएर भाव बीहल बनेका विक्रम प्रश्न गर्छन् । के पावर र पैसा कै भरमा सोझा सीधा जनता सँधै तल हुनुपर्ने, के हामीले न्याय नपाउने, के मेरी श्रीमतीले अन्याय मै जल्नु पर्ने, पावर छ भन्दैमा प्रहरी पनि चुप लागे हामीले किन र कसलाई विश्वास गर्ने , की न्याय कै लागि आन्दोलन गर्नु पर्ने हो हामीले पनि ?
अहिलेको समय कसैले पनि पद ,प्रतिष्ठा र शक्तिका आडमा अपराध गर्न नसक्ने र सो अपराध नसहने बताउदै वडा अध्यक्ष नवीन केसीले पिडितको पक्षमा उभिनका लागि वडावासिमा अनुरोध समेत गरेका छन। उनले जुनसुकै हालतमा अनुपा लाई न्याय दिलाउन लागि पर्ने बताउँदै आएका छन् ।
Facebook Comment

छुटाउनुभयो कि?