‘टुरिजम म्यान अफ दी इयर अवार्ड २०१९’ को घोषणा

पर्यटन बजार२२ बैशाख २०७६, आईतवार मा प्रकाशित

‘टुरिजम म्यान अफ दी इयर अवार्ड २०१९’ को घोषणा

बैशाख २२, काठमाडौं । गन्तव्य नेपाल गु्रपले प्रदान गर्दै आएको दशौं  ‘टुरिजम म्यान अफ दी इयर अवार्ड २०१९’ का लागि सफल पर्यटन व्यवसायी कमल सापकोटाको संयोजकत्वमा सात सदस्यीय छनोट कमिटी घोषणा गरिएको छ । 

सापकोटाको संयोजकत्वमा बनेको अवार्ड छनोट कमिटीको सदस्यहरुमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का बरिष्ठ उपाध्यक्ष खुमबहादु सुवेदी, नेपाल पर्वतारोहण संघ (एनएमए)का महासचिव कुल बहादुर गुरुङ, नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का महासचिव रमेश थापा, रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला, गुरुङ पर्यटन व्यवसायी संघ, नेपालका अध्यक्ष कमला गुरुङ र नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए)का पूर्व अध्यक्ष मनोजकुमार श्रेष्ठ (भँडेल) रहनुभएको छ ।

उक्त अवार्ड आगामी जेठ दोस्रो हप्तामा हुने गन्तव्य नेपाल गु्रपको १५औं वार्षिकोत्सव समारोहबीच प्रदान गरिने गु्रपका अध्यक्ष शिव अधिकारी (अविरल)ले जानकारी दिनुभयो ।

पर्यटन क्षेत्रमा १ वर्षभित्र नयाँ ऐतिहासिक कार्य गरेर योगदान पुर्‍याएको, पर्यटन क्षेत्रका लागि चिरपरिचित व्यक्तित्वहरुमध्येबाट उत्कृष्ठ एक जनालाई उक्त अवार्डबाट सम्मानित गरिने भएकाले सोहीअनुरुप छनोट गर्न कमिटीलाई जिम्मेवारी दिइएको पनि अध्यक्ष अविरलले बताउनुभयो ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)का निवर्तमान अध्यक्षसमेत रहनुभएका सापकोटाले आफुहरुलाई प्राप्त जिम्मेवारीलाई निष्पक्ष रुपमा पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
उक्त अवार्डबाट अहिलेसम्म पर्यटन व्यवसायी सुमन पाण्डे, आङछिरिङ शेर्पा, विक्रम पाँडे, कमल सापकोटा, स्व. टेकचन्द्र पोखरेल, मोहन लम्साल, प्रतिष्ठा अमात्य विष्ट, नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणी पौडेल, नेपाल पर्यटन बोर्डको तत्कालिन सिइओ सुभाष निरौला सम्मानित भइसक्नुभएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?