पर्यटन बजार२० भाद्र २०७७, शनिबार मा प्रकाशित
भदौ २०, काठमाण्डौ। कञ्चनपुरमा राति डियुटीमा खटिएको अवस्था बेहोस भएका प्रहरी जवानको मुत्यु भएको छ।
दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत डडेल्धुरा अजयमेरु गाउँपालिका वडा नम्वर २ घर भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरको मृत्यु भएको हो।गएराति १२ बजेतिर ५ नम्वर पोष्टमा डुयुटीमा खटिएको अवस्था ती जवान बेहोस भएका थिए।
उनी बेहोस भएलगत्तै उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो।अस्पताल ल्याएका उनको विहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर थापाले जानकारी दिएका छन्।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit