तपाईंको राशिफल !

पर्यटन बजार११ फाल्गुन २०७७, मंगलवार मा प्रकाशित

तपाईंको राशिफल !

फागुन ११, काठमाण्डौ।

मेष (चू, चे,चो,ला,लि, लु, ले,लो,अ )

आज लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ तर ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । प्रेममा बाधा पनि आउन सक्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । परिवारिक सद्भाव बढ्नेछ । लगानी र व्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने योगछ । शेयर बजार, कलकारखाना र बन्दव्यापारमा फाइदा नै हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आज बन्न लागेको काम विग्रनसक्छ । सामान हराउने वा चोरी हुने भयछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । पदोन्नतीको सम्भावना प्रवलछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

आज धर्म कर्म,परोपकार,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोकिएको धन पाइएला । अतिथिको रूपमा सत्कार पनि पाइनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा पनि कमाउने बेलाछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

सरकारी निकाएको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अविश्वाश उत्पन्न हुनेछ । घर परिवारमा झैँ–झमेलाको अवस्था आउन सक्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

आज आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

आज प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
 जोश जाँगर र हिम्मत बढ्नेछ । आकस्मिक धन लाभ हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
ज्योतिष : नानिराम भट्टराई

Facebook Comment

छुटाउनुभयो कि?