तालमा डुंगा सयर गर्दै प्रकृतीको आनन्द लिनेको लागि उपयुक्त

पर्यटन बजार२७ चैत्र २०७५, बुधबार मा प्रकाशित

तालमा डुंगा सयर गर्दै प्रकृतीको आनन्द लिनेको लागि उपयुक्त

 चैत २७, काठमाडौं । काठमाडौंको कोलाहलबाट मुक्ति चाहानेका लागि सबैभन्दा उत्कृष्ट र सजिलो घुमफिर स्थल हो कुलेखानीस्थित मानवनिर्मित इन्द्रसरोबार ताल । मकवानपुरको उत्तरी क्षेत्रमा अवस्थित यो ताल जलविद्युत आयोजनाका लागि कुलेखानीमा ड्याम थुनेर बनाइएको हो । यो ताल नेपालको एक मात्रै ‘पावर ब्याकअप’ पनि हो ।

राजधानीबाट गाडीमा २ घण्टामै पुग्न सकिने भएकाले पछिल्लो समयमा यहाँसम्म पुग्नेहरु बाक्लिँदैछन् । यो अहिले महत्वपूर्ण पर्यटकीय क्षेत्र बनेको छ ।चन्द्रागिरी पर्वतको काँखमा अवस्थिति यो तालमा पुग्दा जो कोहीलाई पनि स्वर्गको एउटा भागमा पुगेजस्तो अनुभव हुन्छ । कञ्चन, शान्त र शितल यो तालमा आफ्नो समय विचरण गर्नु आफैंमा अनुपम अनुभव हुन्छ ।

काठमाडौं नजिकैको तालमा डुंगा सयर गर्नु सबैको लागि नौलो नै हुन्छ । यस्तै वरपरको हरियाली, तालको वारीपारी चिटिक्क सजिएको मानव वस्ती पनि कम्ता सुन्दर लाग्दैनन् । यो तल पर्यटकीय हिसावले मात्रै महत्वपूर्ण छैन । देशलाई उज्यालो बनाउन यसको सबैभन्दा बढी योगदान छ । २ वटा आयोजना यसैमा जम्मा भएको पानीबाट चल्छन् भने अर्को एउटा आयोजना पनि परीक्षणको तयारीमा छ ।

यस्तै यहाँ आउने पर्यटकका लागि खोलिएका होटलहरु पनि स्थानयिको जीविका चलाउने माध्यम हुन् । यहाँको प्राृकतिक सौन्दर्यतासँग मन्त्रमुग्ध नहुने कमै होलान् ।

Facebook Comment

छुटाउनुभयो कि?