तिलमान पास – युवा पिक (तस्बिरमा )

पर्यटन बजार२२ पुष २०७७, बुधबार मा प्रकाशित

तिलमान पास – युवा पिक (तस्बिरमा )

पुष २२ ,काठमाडौं। नेपालको सबैभन्दा पुरानो पदयात्रा भित्र पर्दछ तिलमान पास । पुरानो भएर पनि जति चर्चा परिचर्चा हुनु पर्ने हो त्यति नै ओझेलमा परेको स्थान हो यो । राजधानी नजिक भएर पनि यो क्षेत्रमा जति पर्यटक आउनुपर्ने हो त्यसको एक तिहाइ पर्यटक पनि यहाँ पुग्न सकेका छैनन्। हालै मात्र माया गुरुङको नेतृत्वको अध्ययन टोलीले तिलमान पास – युवा पिकको अध्ययन सकेर फर्कीसकेको छ। अब भने तिलमान पासले नयाँ गति लिने र भर्जिन गन्तव्यको खोजि र यात्रामा जाने पर्यटकको लागि नयाँ गन्तव्यको रुपमा अघि बढ्नेमा पाँचपोखरी थाङ्गपाल गाउँपालिका बिश्वस्त रहेको छ।

कसरि पुग्न सकिन्छ तिलमान पास
धार्मिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको पाँचपोखरी हुँदै तिलमान पास पार गर्नु पर्दछ । आन्तरिक पर्यटकका लागि पाँचपोखरी प्रख्यात छ । तर, त्यहाँदेखि ३० मिनेटको दूरीमा दर्जनौ हिमाल हेर्न सकिने स्थान छ । त्यसको उचित प्रवर्द्धन हुन सकेको छैन । यही कुरालाई चिनाउन पनि हामीले यो यात्रा तय गरेका हौं । सामान्यतया यो पास काठमाडौंदेखि दुई हप्तामा तय गर्न सकिन्छ ।यो हिमाल सिन्धुपाल्चोक र रसुवाको सीमावर्ती क्षेत्रमा छ । यसको नामकरणचाहिँ ब्रिटिश नागरिक तीलमानले गरेकाले उनैको नामबाट राखिएको रहेछ । समुद्री सतहबाट पाँच हजार तीन सय आठ मिटरको उचाइमा छ यो हिमाल ।

काठमाडौं, मेलम्ची, पाँचपोखरी, तिलमानपास गरेर रसुवाको क्यानजेन गुम्बादेखि धुन्चे हुँदै पुनः काठमाडौं फर्किन सकिन्छ । यो यात्रामा खान बस्नका लागि आफैले व्यवस्था गर्नुपर्छ । तिलमान पास पार गर्दा समुद्र सतहबाट ५ हजार ५ सय ५६ मिटर उचाइमा रहेको युवापिक पनि आरोहण गर्न सकिन्छ । यो पीक आरोहण गर्दा सरकारको अनुमति लिनु पर्दैन ।

तस्बिर : मिलन तामाङ – तामाङ तिलमान पास युवा पिक अध्ययन टोलीका एक सदस्य हुन्।

Facebook Comment

छुटाउनुभयो कि?