त्रिवि शिक्षण अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु

पर्यटन बजार८ भाद्र २०७७, सोमबार मा प्रकाशित

त्रिवि शिक्षण अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु

 भदौ ८ , काठमाडौं । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । काठमाडौंको कागेश्वरी नगरपालिका- ९ कि ४८ वर्षिया महिलाको उपचारका क्रममा सोमबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए ।

मुटुसम्बन्धी, पित्तथैली र मिर्गौलाको समस्या देखिएको ती महिला् साउन २८ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई त्यसै दिन कोरोना संक्रमण भएको थियो ।

Facebook Comment

छुटाउनुभयो कि?