थप १३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पर्यटन बजार२३ मंसिर २०७७, मंगलवार मा प्रकाशित

थप १३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

मंसिर २३ , काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८९४७ परीक्षणमा १३८२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस तथ्यांक संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १६२१ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १२६८६ रहेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?