थप १४९७ जनामा कोरोना संक्रमण, ४५७ जना डिस्चार्ज

पर्यटन बजार८ आश्विन २०७७, बिहीबार मा प्रकाशित

थप १४९७ जनामा कोरोना संक्रमण, ४५७ जना डिस्चार्ज

असोज ८ , काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १४९७ जनामा कोरोना संक्रमण भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भई ४५७ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्म ५० हजार ४११ जना कोरोनामुक्त भएका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?