दक्षिणकालीमा वावनधाम संगै होचा पुड्काको बस्ति निर्माण गर्दै रोटरी

पर्यटन बजार२० पुष २०७७, सोमबार मा प्रकाशित

दक्षिणकालीमा वावनधाम संगै होचा पुड्काको बस्ति निर्माण गर्दै रोटरी

पुष २० , काठमाडौँ। दक्षिणकाली नगरपालिका सानिमहल डाँडामा होचा पुड्काको संरक्षणका लागी नमुना गाउँ निर्माण गरिने भएको छ। दक्षिणकाली नगरपालिका, इन्स्टिच्युट अफ कल्चरल अफेयर्स नेपाल, बिबि ट्रस्ट, नेपाल लिटिल पिपुल एसोसिएसन र रोटरी क्लब अफ रुद्रमती काठमाडौंको सहकार्यमा होचा पुड्का नमुना गाउँ निर्माण हुन लागेको हो।

दक्षिणकाली वडा नम्बर ९ मा अवस्थित हुने यस नमुना गाउँको आवास निर्माणको लागि आज भवन शिलान्यास कार्यक्रम समेत सम्पन्न भएको छ। कार्यक्रममा क्रियाशील होचा पुड्का महिला संघकी अध्यक्ष सुन्दरी मिश्रले स्वागत मन्तब्य राख्दै यस निर्माण कार्यले आफु धेरै हर्षित भएको बताइन। लामो समयदेखि देखेको सपना आज आएर पुरा हुनै लाग्दा अत्यन्तै खुशी भएको उनले सुनाइन।

रोटरिका मनोनित अध्यक्ष शारदा धितालले कार्यक्रम माथि प्रकाश पार्नुका साथै सुन्दरी मिश्रको विशेष पहलमा यो निर्माण कार्य सुरु भएको जानकारी गराउनुभयो। होचा पुड्काको प्रमाण पत्र समेत नभएको र राज्यले पनि वास्ता नगरेको अवस्थामा नगरपालिका , रोटरी क्लब र अन्य संस्थाको यो कार्यले सबै होचा पुड्काको संरक्षण हुनेमा आफु उत्साहित भएको धितालले बताउनुभयो।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका रोटरी डिस्ट्रिक नेपाल भुटान ३२९२ का डिजी राजीव पोखरेलले पवित्र स्थलमा पवित्र काम गर्न पाउँदा अत्यन्तै खुशी र सन्तुष्टी प्राप्त भएको बताउनुभयो। पोखरेल भन्नुहुन्छ ” रोटरी ले विभिन्न स्थानमा गएर सेवामुलक काम गरिरहेको छ यहि क्रममा थप एक सेवा र धर्मको काम गर्न पाउँदा म लगायत सम्पूर्ण टिम नै गर्व महशुस गरिरहेका छौं। ” वहाले यस्तो राम्रो काममा सहभागी हुने मौका प्रदान गर्नुभएकोमा नगरपालिकाको मेयरलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो।

रोटरी क्लब अफ रुद्रमतीका अध्यक्ष सुदिप कोइरालाले होचा पुड्का समुदायलाई आवास मात्र होइन स्वरोजगार बनाउने प्रति पनि आफुहरुले सोचिरहेको जानकारी गराउनुभयो। यस समुदायलाई आर्थिक रूपमा अघि बढाउन कालिज पालन , कुखुरा पालनका साथै कृषि कार्यमा सहयोग गर्न पनि क्लब तयार रहेको कोइरालाले बताउनुभयो।

होचा पुड्का एशोसिएसनका अध्यक्ष निर्मल मग्रातीले आफुहरु बिगतका दिनमा दुःखि भएको र बिभिन्न स्थानमा भौंतारिएको नमिठो पललाई सम्झिदै रोटरी र यस नगरपालिकाले गरेको यस कार्यप्रति आभार व्यक्त गर्नुभयो। ” हाम्रो भेट मेयर साबसँग भयो, हाम्रो समस्या राख्यौं र आज हाम्रो समस्या हल भएको हामीले महशुस गर्यौं मग्राती भन्नुहुन्छ। ”

बावन धाम संगै होचा पुड्काको संरक्षण

दक्षिणकाली नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतले दछिणकाली पछि बावन धाम जस्तो पवित्रस्थलको निर्माण हुन लागेकोमा खुशी व्यक्त गर्नुभयो। दक्षिणकाली नगरपालिका दक्षिणकाली माता , मनकामना , चम्पादेबी कै कारण धार्मिक पर्यटकीय गन्तव्यस्थल बनेको थियो अब बावन धाम पनि जोडिने भएको छ , यो आफैमा महत्वपूर्ण कुरा हो , मेयर बस्नेतले भन्नुभयो। बावन धाम संगै होचा पुड्काको संरक्षणको लागि यस स्थानमा बस्ति निर्माण गर्ने परिकल्पना गर्न केहि समय लाग्यो तर आज केही हद सम्म सफल भएको मेयर बस्नेतले बताउनुभयो। यो पवित्र कामका लागि मेयर बस्नेतले रोटरी क्लब लगायत सम्पूर्ण सहयोगी संस्थालाई धन्यवाद दिंदै सबैलाई आ आफ्नो स्थान बाट जे सकिन्छ सहयोग गर्न आह्वान गर्नुभयो।

हालसम्म वावन धामका निम्ति हामीले विधिवत रुपमा पुजा गरेर मुर्तिको स्थापना गरेका छौं , अब त्यस मुर्ति लाइ एक मन्दिरको संरचनामा परिणत गर्न सबै सहयोगी हातलाई सहयोग गरिदिन बस्नेतले आग्रह समेत गर्नुभयो। वहाँ भन्नुहुन्छ ” हामी धार्मिक कार्यबाट हामी अघि बढेका छौं,भगवान वावनको मन्दिर नेपालमा कतै नभएको अवस्थामा दछिणकाली नगरपालिकामा बन्दै छ, हामीले ७ लाख बजेट छुट्याएर काम गरिरहेका छौं , आगामी बर्षको बजेटमा पनि केहि बजेट छुट्याएर काम अघि बढाउनेछौं । ”

वडा नम्बर ९ का वडाध्यक्ष अमृका बलामीले यस स्थानलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने नगरपालिकाको उदेश्य रहेको बताउनुभयो। यहाँ होचा पुड्काको बस्ति बन्ने छ संगै वावन धाम पनि। धामको दर्शन संगै पर्यटकहरुले कृषि , स्थानीय उत्पादन संगै होचा समुदायको दिनचर्यालाइ नजिक बाट नियाल्न सक्नुहुनेछ। बलामी भन्नुहुन्छ “यहाँ सर्ट हाइकिङ्ग रुट समेत छ , दक्षिणकाली मन्दिर – मनकामना मन्दिर – वावन धाम सम्मको यात्रा संगै वातावरणको मजा लिंदै स्थानीय उत्पादन हेर्दै अर्गानिक खानेकुराको स्वाद समेत लिन सकिन्छ। ”

पहिलो वावन धाम सँगै बस्ती निर्माण गर्न लागिएको यस स्थानमा होचा पुड्काको लागि बनाइने घर ५ देखि साढे ५ फिट सम्मका हुनेछन।४० ओटा साना र आकर्षक घर र सुन्दर बंगैचा पनि आगन्तुकको आकर्षणको केन्द्र बन्ने नगरपालिकाले बिश्वास लिएको छ।

Facebook Comment

छुटाउनुभयो कि?