पर्यटन बजार२० आश्विन २०७७, मंगलवार मा प्रकाशित
असोज २०, दमक । झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई संक्रमण पुष्टि भएको हो । उनकी पत्नी र छोरालाई समेत कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिए ।
नगरप्रमुखसहित एक वडाध्यक्षलाई पनि संक्रमण पुष्टि भएपछि दमक नगरपालिका आजदेखि ४ दिनका लागि बन्द गरिएको छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit