पर्यटन बजार१३ चैत्र २०७५, बुधबार मा प्रकाशित
चैत १३, काठमाडौं । अस्थायी/करार शिक्षक राष्ट्रिय संघर्ष समितिले काठमाडौँस्थित भद्रकालीमा धर्ना दिरहेको छ । अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने माग राख्दै सडक संघर्ष गर्दै आएको अस्थायी/करार शिक्षक राष्ट्रिय संघर्ष समितिले आफ्ना माग पुरा नगरेसम्म धर्ना कार्यक्रम जारी राख्ने बताएको छ ।
सोहि कार्यक्रममा बोल्दै पुनरुत्थानवादी शक्ति नेपालका नेता शेखरजंग रायमाझीले अस्थायी/करार शिक्षकको माग पुरा गरेर उनीहरुलाई स्थायी गराउन सरकारसंग माग राख्नुभएको छ । वहाँले भन्नुभयो “यी वर्तमान सत्ताधारीहरु, बिदेशीका मतियार, भाडाका टट्टूहरु हुन् , यिनको चरित्र दलाल प्रवृतिको छ ,यिनले शिक्षकहरुको न्यायिक माग पुरा गरुन, यदि शिक्षकमाथि अन्याय अत्याचार गरिरहन्छ भने पुनरुत्थानवादी शक्तिले देशभरि बाटै आफ्ना सदस्य तथा आम सर्वसाधारणलाई उठाई यस्ता दलाल चरित्रका गणतन्त्रात्मक लोकतन्त्रलाई ध्वंश गरी शिक्षकहरुको माग पुरा गर्ने छौं ।”
त्यस्तै वाहले सिके राउतलाई बिखन्डनको लाइसेन्स दिने र विप्लब माओवादीलाई प्रतिबन्द गरी सर्वसाधारणको ध्यान आफ्नो भ्रष्टाचार र असक्षमता छोप्ने प्रयत्न गरेको आरोप लगाउनुभयो । तसर्थ अब यो सत्ता तुरुन्तै अपदस्थ नगर्ने हो भने देश भड़कालोमा पर्ने अवस्था छ । अब सर्वसाधारणहरु जाग्ने जुर्मुराउने बेला आएको छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit