देशको सेवा सँगै सर्जक बनेका बोगटीको “मेरी लक्षीमा” सार्वजनिक

पर्यटन बजार८ पुष २०७७, बुधबार मा प्रकाशित

देशको सेवा सँगै सर्जक बनेका बोगटीको “मेरी लक्षीमा” सार्वजनिक

पुस ८, काठमाडौं।चर्चित गायक शिव परियारको स्वर रहेको नया गीत “मेरी लक्षीमा” को भिडियो सार्वजनिक भएको छ ।
“मेरी लक्षीमा” को भिडियोमा सुधिर श्रेष्ठ, गिता ढुगांनाको अभिनय रहेको छ ।बिक्रम चौहानले गीतको भिडियोलाई निर्देशन र कोरियोग्राफ गरेका हुन् ।

गीतमा संगित सयोजन शहस शाक्यको रहेको छ । मिलन विश्वकर्माको सम्पादन र कलर संयोजन, प्रकाश खड्काको क्यामेरा र ड्रोन अपरेटर सन्तोष महराको रहेको छ। म्युजिक भिडियोलाई अराज केशव एक्सप्रेस अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको हो ।

गीतमा राम बहादुर पली बोगटी (बि.पी.)को शब्द तथा चक्र बमको संगीत रहेको छ। “मेरी लक्षीमा” मा अराज केशव गिरीले र्याप दिएका छन् ।

गीतमा शब्द भर्ने बोगटी पेशा ले प्रहरीका डी एस पी हुन । देशको सेवा सँगै गीत लेख्न समेत आफूलाई रुची भएको कारण यो गीतमा शब्द भरेको बोगटीले बताए। भविष्यका दिनमा पनि लेखन कार्यलाई निरन्तरता दिने बोगटी बताउँछन्।

Facebook Comment

छुटाउनुभयो कि?