देशभर थप १३५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि,उपत्यकामा ४५४ जना !

पर्यटन बजार१९ भाद्र २०७७, शुक्रबार मा प्रकाशित

देशभर थप १३५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि,उपत्यकामा ४५४ जना !

भदौ १९, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४६४ र पुरुष ८९५ रहेका छन् । काठमाडौं उपत्यकमा थप ४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।यस्तै काडमाडौं काठमाडौं उपत्यकामा मात्रै ४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गौतमले काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसअघि बिहीबार उपत्यकामा ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ७०४ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ९४२ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ४६२ जना रहेका छन् ।यस्तै पछिल्लो २४ घण्टामा १,३५४ जना निको भएका छन् भने कुल निको हुनेको संख्या २५,५६१ पुगेको छ।

 

Facebook Comment

छुटाउनुभयो कि?